Madhes Khabar
स्थानिय

बारा : वडाध्यक्ष कुशवाहा कार्यालयबाटै पक्राउ

फाइल तस्बिर ।

वीरगन्ज,११ जेठः बाराको प्रसौनी गाँउपालिका वडा नम्बर ६ का वडाध्यक्ष बृजकिशोर कुशवाहालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विभिन्न कसूरमा बारा जिल्ला अदालतबाट गरिएको फैसला कार्यान्वयनका लागि वडाध्यक्ष कुशवाहालाई आइतबार नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठले जानकारी दिए ।

आइतबार वडा समितिको कार्यालयस्थित आफ्नो कार्यकक्षमा बसिरहेका बेला कुशवाहालाई नियन्त्रणमा लिएको श्रेष्ठले बताए । प्रहरीका अनुसार, कुशवाहाविरुद्ध कुटपिट, चेक अनादर र अपराधिक लाभ गरी ३ वटा कसूरमा बारा जिल्ला अदालतबाट सजायको फैसला भएको र त्यहि फैसला कार्यान्वयनका लागि वडाध्यक्ष कुशवाहालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ गरिएका कुशवाहालाई आइतबार नै बारा जिल्ला अदालतमा पेसपनि गरिएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए ।

 

Related posts

……त्यसैको नतिजा हो अहिलेको स्वच्छ र सफा वीरगन्ज

MadhesKhabar

वीरगन्जमा ट्रकको ठक्करबाट कलैयाका युवकको मृत्यु

MadhesKhabar

वीरगन्ज महानगरमा विभिन्न पदका लागि ४८ जना कर्मचारी माग

MadhesKhabar

Leave a Comment