Madhes Khabar
समाचार हेडलाइन

अफताब आलमलाई सफाइ दिने उच्च अदालत वीरगन्जका दुवै न्यायाधीश न्याय परिषदमा तानिए

काठमाडौं,५असारःनेपाली कांग्रेसका नेता अफताब आलमलाई सफाइ दिने उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जका दुई न्यायाधीश न्याय परिषदमा तानिएका छन् । न्यायाधीशद्वय खुसीराम थारु र अर्जुन महर्जनविरुद्ध न्यायपरिषदमा उजुरीसमेत परेको थियो ।

न्याय परिषदमा यसअघि नै वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले दुवै न्यायाधीशको सुरक्षालाई समेत ध्यानमा राखेर परिषदमा तान्नुपर्ने प्रस्ताव राखे पनि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र कानूनमन्त्री अजय चौरसियाले मानेका थिएनन् ।
यसबीचमा थारु र महर्जनमाथि अदालतको इजलासमै नेकपा बहुमतका कार्यकर्ताले मोसो छ्यापेर दुव्र्यवहारसमेत गरेका थिए । आलमलाई जिउँदै इट्टाभट्टामा जलाएर मान्छे मारेको अभियोगमा रौतटहट जिल्ला अदालतले सर्वस्वसहित जन्म कैदको फैसला गरेको थियो ।

तर, उच्च अदालतका न्यायाधीश थारु र महर्जनको इजलासले गत जेठ १४ गते सफाइ दिएपछि यसको देशभर चर्चा भयो । उनीहरूविरुद्ध न्यायपरिषदमा मृतक पिन्टु त्रिलोक सिंहका बुबा श्रीनारायण सिंहले समेत उजुरी दिएका थिए ।

न्याय परिषदको बिहीबारको बैठकले एक सदस्यीय छानबिन समिति बनाएर दुवै न्यायधिशहरूलाई कार्यक्षेत्रबाट तानेको परिषदका एक सदस्यले बताए ।साभारःनेपालप्रेस

Related posts

सरसफाइमा झन कठाेर बन्दै वीरगन्ज महानगर: एनआईसी एसिया बैंकलाई ११ हजार जरिवाना

MadhesKhabar

साउदी अरबले ६५ जना नेपालीलाई दियो आममाफी

MadhesKhabar

महोत्तरीको जलेश्वर कारागारमा एक कैदीको मृत्यु

MadhesKhabar

Leave a Comment