काठमाडौं,२०असाेज:आइसीसी महिला टी–२० विश्वकप क्रिकेटमा भारतले पाकिस्तानलाई पराजित गरेको छ । आइतबार भएको खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो ।
पाकिस्तानले दिएको १०६ रनको लक्ष्य भारतले १८.५ ओभरमा ४ विकेट गुमाउँदै पुरा गर्याे । यस अघि टस जितेर पहिला ब्याटिङ् गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाउदै १०५ रन बनाएको थियो ।
समुह ए मा रहेको भारतको यो दोस्रो खेलमा पहिलो जित हो । यस अघि भारत न्यूजिल्याण्डसँग पराजित भएको थियो । त्यस्तै पाकिस्तानको पनि यो दोस्रो खेलमा पहिलो हार हो । पाकिस्तानले यस अघि पहिलो खेलमा सिलंकालाई पराजित गरको थियो ।
अब भारतले अर्को खेल बुधबार श्रीलंकाविरुद्ध खेल्ने छ भने पाकिस्तानले शुक्रबार अस्ट्रेलियाको सामना गर्ने छ ।

