वीरगन्ज ,७ वैशाख:पाँचौं परवानीपुर गोल्डकप फुटबल प्रतियोगीता अन्तर्गत सोमबार भएको खेलमा वीरगन्ज युनाइटेड क्लब विजयी भएको छ ।
परवानीपुर खेल मैदानमा जारी प्रतियोगितामा तेस्रो दिनको खेलमा वीरगन्ज युनाइटेड क्लबले ४-३ गोलले चिडियादह स्टार क्लब रौतहटलाई हराउदै जित निकालेको हो ।
खेल सुरु भएको समय देखि रोमाञ्चक प्रतिस्पर्धामा उत्रेको दुबै टोलि जित निकाल्ने दाउमा थिए । खेलमा बलियो देखिएको चिडियादह स्टार क्लब रौतहटले सडेनदेथमा पराजित भएको थियो ।
निर्धारित समयमा दुबै टिम बराबरी खेलेपछी खेल ट्राइब्रेकरमा धकेलिएको थियो । पेनाल्टीमा पनि दुवै टिमले बराबरी गोल गरेका थिए । त्यसपछि सडेनडेथमा वीरगन्ज युनाइटेड क्लबका खेलाडीले गरेको गोल निर्णायक साबित भएको थियो ।
साेमबा।को खेलमा म्यान अफ दी म्याच वीरगन्ज युनाइटेड क्लबका गोलरक्षक तबरेज अन्सारी घोषित हुदै २१ सय रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । उनलाई कार्यक्रमका प्रमुख अतिथि पर्सा जिल्ला फुटबल संघका उपाध्यक्ष हेमन्त चौरसीयाले पुरस्कार प्रदान गरे । मंगलबारको खेल नव जन जागृति युवा क्लब सिमरा र रिगल एन्फा क्लब मकवानपुर बीच हुनेछ ।

