Madhes Khabar
खेलकुद

पाकिस्तान पराजित, फाइनलमा भारत र अफगानिस्तान भिड्ने

काठमाडौं,१९असाेज:चीनमा जारी एसियाली खेलकुदको पुरुष क्रिकेटतर्फको फाइनलमा भारत र अफगानिस्तान भिड्ने भएको छ।

पाकिस्तानलाई चार विकेटले हराएसँगै अफगानिस्तानले फाइनल यात्रा सुनिश्चित गरेको हो। पाकिस्तानले दिएको ११५ रनको लक्ष्य अफगानिस्तानले १३ बल अगावै ६ विकेटको क्षतिमा पूरा गर्‍यो।

यसअघि टस हारेर ब्याटिङ गरेको पाकिस्तानले १८ ओभरमा अलआउट हुँदै ११५ रन बनाएको थियो।

शुक्रबार बिहान भएको खेलमा बंगलादेशलाई ९ विकेटले पराजित गर्दै भारत फाइनल पुगेको थियो। टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित ओभरको खेलमा ९ विकेट गुमाएर ९७ रन बनाएको थियो। भारतले ९.२ ओभरमा उक्त लक्ष्य पूरा गरेको थियो।

भारतका लागि रितुराज गायकवार्डले ४० र तिलक बर्माले ५५ रनको अविजित पारी खेल्दै भारतलाई जित दिलाएका थिए।

Related posts

परवानीपुर राईडर्स र परवानीपुर लायन्स विजयी

MadhesKhabar

नेपाल र भारतबिचकाे खेल हेर्न वीरगन्जका विद्यालयहरु दिउँसाे २ बजेपछि बन्द

MadhesKhabar

टी–२० विश्वकपमा आज अमेरिकासंग भिड्दै पाकिस्तान

MadhesKhabar

Leave a Comment