Madhes Khabar
खेलकुद

एसिया कप खेल्न सन्दिप पाकिस्तान प्रस्थान

काठमाडौं ,११भदाैं: एसिया कप क्रिकेट खेल्नका लागि नेपाली राष्ट्रिय टिमका स्पिनर सन्दीप लामिछाने सोमबार पाकिस्तान प्रस्थान गरेका छन् । कतारको दोहा हुँदै लामिछाने पाकिस्तान पुग्ने बताइएको छ ।

जबरजस्ती करणीको कसुरमा काठमाडौं जिल्ला अदालतमा आइतबार अन्तिम सुनुवाइ हुने भनिए पनि समय अभावका कारण सन्दीपको मुद्दा हेर्न नभ्याउनेमा परेपछि सन्दीप सोमबार पाकिस्तान गएका हुन् ।

जबरजस्ती करणीको कसुरमा सन्दीपविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा चलिरहेको छ ।

लामिछानेको अर्को पेसी भदौ २१ गते तोकिएको छ । भदौ १८ अर्थात् सेप्टेम्बर ४ तारिखको नेपाल र भारतबीचको खेले खेलेर लामिछाने भदौ २० गते नेपाल फर्किनेछन् ।

Related posts

७ महिनापछि आज नेपाली जर्सीमा फर्कदै सन्दीप लामिछाने

MadhesKhabar

वीरगन्ज-१० मा आयाेजित क्रिकेट टुर्नामेन्टकाे उपाधि जनकपुरले जित्याे

MadhesKhabar

श्रीलंकामाथि नेपालकाे सानदार जित

MadhesKhabar

Leave a Comment