Madhes Khabar
राष्ट्रिय

टिकटक आजैदेखि बन्द हुन्छ : सञ्‍चारमन्त्री शर्मा

काठमाडौं,२७कार्तिक : सामाजिक सञ्जाल टिकटक आजैदेखि बन्द हुने भएको छ।आज सोमबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद्‍ बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेसँगै प्रक्रिया अघि बढेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

उनले भनिन्,’ टिकटक आजै बन्द गर्ने निर्णय भएको छ। प्राविधिकरुपमा आजैबाट बन्द गर्न साथीहरू खटिरहनुभएको छ।’

उनले टिकटकले सामाजिक सद‍्भाव बिथोल्ने गरी पारिवारिक संरचना र सामाजिक सम्बन्धलाई खलबल्याउने गरी प्रचारप्रसार हुनथालेपछि बन्द गर्न निर्णय गरिएको बताइन्।साभार:अन्नपूर्ण पाेष्टबाट

Related posts

गृहमन्त्रीको आश्वासन : प्रेम आचार्यले उठाएका विषयमा छानबिन गर्छौं

MadhesKhabar

जाजरकोट केन्द्रबिन्दु भएर फेरि गयाे भूकम्प

MadhesKhabar

जलवायु परिवर्तनको असर कम गर्न नेपालले युद्धस्तरमा काम गरिरहेको छ : वनमन्त्री यादव

MadhesKhabar

Leave a Comment