Madhes Khabar
राष्ट्रिय

टिकटक आजैदेखि बन्द हुन्छ : सञ्‍चारमन्त्री शर्मा

काठमाडौं,२७कार्तिक : सामाजिक सञ्जाल टिकटक आजैदेखि बन्द हुने भएको छ।आज सोमबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद्‍ बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेसँगै प्रक्रिया अघि बढेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

उनले भनिन्,’ टिकटक आजै बन्द गर्ने निर्णय भएको छ। प्राविधिकरुपमा आजैबाट बन्द गर्न साथीहरू खटिरहनुभएको छ।’

उनले टिकटकले सामाजिक सद‍्भाव बिथोल्ने गरी पारिवारिक संरचना र सामाजिक सम्बन्धलाई खलबल्याउने गरी प्रचारप्रसार हुनथालेपछि बन्द गर्न निर्णय गरिएको बताइन्।साभार:अन्नपूर्ण पाेष्टबाट

Related posts

नागरिकता विधेयक माथिको सुनुवाइ आज भएन ,अब आइतबार हुने

MadhesKhabar

नागरिकता विधेयक रोकेकोमा ओलीले राष्ट्रपति भण्डारीलाई दिए धन्यवाद

MadhesKhabar

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलकाे साइट क्लियर १ वर्षभित्र सक्छाै : प्रधानमन्त्री प्रचण्ड

MadhesKhabar

Leave a Comment