Madhes Khabar
राष्ट्रिय

बाढीपीडितकाे सहयाेगका लागि सरकारलाई एमालेले १ करोड २० लाख दिने

काठमाडौं,१५भदाै:भोटेकोशी बाढी पीडितका लागि नेकपा एमालेले १ करोड २० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएको छ । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवा बाढी, पहिरो र डुबान पीडितको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि पार्टीका तर्फबाट १ करोड २० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन ।

सोमबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रममा ओलीले भोटेकोशी बाढी पीडितका लागि गरिने सहयोगको घोषणा गरेका हुन् । एमालेको बागमती प्रदेश कमिटी र राजधानी विशेष प्रदेश कमिटीका तर्फबाट १०–१० लाख गरी जम्मा २० लाख रुपैयाँको चेक अध्यक्ष ओलीलाई हस्तान्तरण गरिएको थियो । उक्त सहयोग ग्रहण गर्दै अध्यक्ष ओलीले पार्टीले केन्द्रिय तहबाटै विपद व्यवस्थापनका लागि कोष परिचालन गर्ने र त्यसमा कम्तीमा १ करोड २० लाख रुपैयाँ सङ्कलन गरिने बताए ।

Related posts

बैंक खाता खोल्न र लाइसेन्स लिन पनि राष्ट्रिय परिचय पत्र अनिवार्य

MadhesKhabar

पर्सा, बारासहित देशभरबाट ३ हजार जनाले लिए आमाको नामबाट नागरिकता

MadhesKhabar

प्रहरी मुख्यालयको एउटा परिपत्रले ७७ वटै जिल्ला प्रहरी कार्यालयमा खैलाबैला !

MadhesKhabar

Leave a Comment