Madhes Khabar
राष्ट्रिय

बैंक खाता खोल्न र लाइसेन्स लिन पनि राष्ट्रिय परिचय पत्र अनिवार्य

काठमाडौं,५जेष्ठ : सरकारले राष्ट्रिय परिचय पत्र लिन थप कसिलो व्यवस्था घोषण गरेको छ । शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।

नीति तथा कार्यक्रममा बैंक खाता खोल्न, सवारी लाइसेन्स लिन, लालपुर्जा जारी गर्दा र स्थायी लेखा नम्बर लिंदा अनिवार्य रुपमा राष्ट्रिय परिचय पत्र नम्बर चाहिने व्यवस्था गरेको हो । यो कार्य आगामी तीन वर्ष भित्र लागु हुने नीति तथा कार्यक्रममा भनिएको छ ।
नागरिकको जैविक विवरण एक पटक मात्रै लिने पनि सरकारले बताएको छ ।साभार : अनलाइनखबर

Related posts

टेलिकम वर्कस युनियनको केन्द्रिय अध्यक्षमा वीरगन्जका रौनियार निर्वाचित

MadhesKhabar

प्रधानमन्त्री देउवाकाे चुनावी खर्च ९ लाख ४५ हजार रुपैयाँ मात्रै

MadhesKhabar

पहिरोले पुरिएर ५ जनाको मृत्यु , ७ जना अझै बेपत्ता

MadhesKhabar

Leave a Comment