Madhes Khabar
राष्ट्रिय

ओलीसहित ५ जनाको पासपोर्ट रोक्का गर्ने सरकारको निर्णय

काठमाडौं,१२असाेज:सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सहित पाँच जनाको पासपोर्ट रोक्का गर्ने निर्णय गरेको छ । जेन–जी आन्दोलन दमनवारे जाँचबुझ गर्न गठित आयोगको सिफारिसमा उनीहरूलाई विदेश जान रोक लगाएको हो ।

गृह मन्त्रालयले उनीहरुलाई अनुमतीविना काठमाडौं उपत्यका बाहिर जान पनि रोक लगाएको छ ।

पासपोर्ट रोक्काको सूचीमा पर्नेहरुमा पूर्वप्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री रमेश लेखक, पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धानका पूर्व प्रमुख हुतराज थापा र काठमाडौंका निवर्तमान प्रमुख जिल्ला अधिकारी छवि रिजाल छन् ।

गत २३ भदौको जेन–जी आन्दोलनमा प्रहरीले घातक हतियारहरु प्रयोग गर्दा १९ जनाको मृत्यु भएको थियो ।तर पूर्व प्रधानमन्त्री ओलीले आफूले प्रहरीलाई गोली चलाउन निर्देशन नदिएको दाबी गरेका थिए ।

तर गृह मन्त्रालयले त्यतिबेला ‘जसरी पनि भीडलाई संघीय संसद भवनतिर जान रोक्नु’ भन्ने निर्देशन दिएको थियो । त्यसपछि काठमाडौका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालले गोली चलाउन आदेश दिएका थिए ।साभार:अनलाइनखबर

Related posts

काठमाडौं महानगरले पूर्वाराजा ज्ञानेन्द्र शाहलाई गर्‍यो करिब ८ लाख जरिवाना

MadhesKhabar

राष्ट्रपतिले प्रमाणीकरण गरेकाे नागरिकता विधेयक विरुद्ध सर्वाेच्च अदालतमा रिट

MadhesKhabar

जितपुर सिमराका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सेढाइ विरुद्ध विशेष अदालतमा मुद्दा दायर

MadhesKhabar

Leave a Comment