Madhes Khabar
राष्ट्रिय हेडलाइन

जनकपुर बोल्ट्सका समर्थकलाई कुटपिट गरेको आरोपमा काठमाडौंमा २ जना पक्राउ

काठमाडौ,८पुसःएनपीएलको फाइनल खेलका दिन काठमाडौंमा जनकपुर बोल्ट्स टिमका समर्थकलाई कुटपिट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा गणेश साउद र अशोक साउद रहेका छन् । उनिहरुको ठेगाना प्रहरीले खुलाएको छैन । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले ती दुवै जनालाई पक्राउ गरेको हो ।

उनीहरुले गत शनिबार एनपीएलको फाइनल खेलसकिएपछि जनकपुर बोल्टसका समर्थक सर्लाहीको बलरा घर भएका अमनकुमार सिंहलाई कुटपिट गरेका थिए।उक्त घटनाबारे प्रहरी वृति कीर्तिपुरले अनुसन्धान गरिरहेको छ ।

Related posts

नेपालमा टिकटक बन्द गर्ने सरकारकाे निर्णय

MadhesKhabar

धेरै धान फल्ने मधेस प्रदेशमा आधा पनि भएन रोपाइँ

MadhesKhabar

बाराको रिलायन्स चिनी मिलले चर्को ढुवानी भाडा लिएर ठगेको पर्साका किसानहरुको आरोप

MadhesKhabar

Leave a Comment