Madhes Khabar
शिक्षा हेडलाइन

हरि खेतान क्याम्पस र हरि खेतान मावि एउटै भवनमा सञ्चालन नगर्न अदालतको आदेश

वीरगन्ज,५ चैत :उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जले वीरगन्जको हरि खेतान बहुमुखी क्याम्पस र हरि खेतान माध्यमिक विद्यालय एउटै भवनमा सञ्चालन नगर्न आदेश देखिएको छ ।

केहि समयदेखि दुवै शिक्षण संस्था एउटै भवनमा सञ्चालनमा हुदैं आएकोमा त्यसविरुद्ध अदालतमा परेको रिट निवेदनमा सुनुवाई गर्दै अदालतले ती दुवै शिक्षण संस्था फरक फरक भवनमा सञ्चालन गर्न आदेश दिएको हो ।

अदालतको आदेशअनुसार अब विद्यालय र क्याम्पस फरक–फरक भवनमा तथा फरक–फरक कानुनी संरचनाअन्तर्गत सञ्चालन हुनुपर्नेछ। यस निर्णयले विगतदेखि उठ्दै आएको व्यवस्थापन तथा कानुनी विवादलाई औपचारिक रूपमा टुंग्याउने संकेत गरेको छ।

नेपालको शिक्षा ऐन २०२८ ले माध्यमिक विद्यालय र विश्वविद्यालय अन्तर्गतका क्याम्पसलाई पृथक कानुनी संरचनामा सञ्चालन गर्नुपर्ने स्पष्ट व्यवस्था गरेको छ। साथै त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले जारी गरेको “सम्बन्धन सम्बन्धी विनियम २०७३” ले पनि एउटै भवनमा विद्यालय र क्याम्पस सञ्चालन गर्न नमिल्ने प्रष्ट उल्लेख गरेको छ।

कानुनी प्रावधानअनुसार क्याम्पस प्रमुख र विद्यालयका प्रधानाध्यापक फरक–फरक व्यक्ति हुनुपर्ने भए पनि, यहाँ क्याम्पस प्रमुखले विद्यालयको प्रशासनिक कार्यमा समेत हस्तक्षेप गरेको आरोप लाग्दै आएको थियो।

सञ्चालक समितिले पटक–पटक क्याम्पस प्रमुखलाई शिक्षा ऐनअनुसार विद्यालय सञ्चालन गर्न आग्रह गरे पनि त्यसको बेवास्ता गरिएको थियो।

 

Related posts

भारतबाट हुण्डीको १८ लाख रुपैयाँ लिएर आउँदै गरेका दुई जना वीरगन्ज नाकाबाट पक्राउ

MadhesKhabar

कक्षा १२ को प्रश्नपत्र आउट गरेको आरोपमा २ जना पक्राउ

MadhesKhabar

पहिले राष्ट्रिय समस्या समाधान गरौं,त्यसपछि मात्रै चुनावमा जानु उचित हुन्छ : पूर्वराजा शाह

MadhesKhabar

Leave a Comment