Madhes Khabar
पर्यटन स्थानिय हेडलाइन

ठोरीलाई पर्यटन,कृषि र वनजंगलमा आधारित ‘विशेष आर्थिक क्षेत्र’ घोषणा गर्न गभर्नर पौडेलसंग माग

वीरगन्ज,१४असोजःमधेस प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यस्थल पर्साको ठोरी क्षेत्रलाई पर्यटन, कृषि, र वनजंगलमा आधारित लगानीको ‘विशेष आर्थिक क्षेत्र (सेज)’ घोषणाका लागि पहल गरिदिन नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलसंग आग्रह गरिएको छ ।

दशैंको विदामा मंगलबार ठोरीमा घुम्नका लागि पुगेका गभर्नर पौडेलसंग गरिएको अनौपचारिक छलफलका क्रममा स्थानीय युवा उद्यमी र व्यवसायीहरुले ठोरीलाई कृषि, पर्यटन र वनजंगलमा आधारित लगानीको ‘विशेष आर्थिक क्षेत्र (सेज)’ घोषणाका लागि पहल गरिदिन आग्रह गरेका हुन् ।

ठोरी जंगल रिसोर्टमा भएको उक्त छलफलका क्रममा ठोरीका युवा उद्यमी र व्यवसायीहरुले ठोरीमा वाणिज्य बैंक र कृषि विकास बैंकको शाखा विस्तारका लागि पनि गभर्नर पौडेलसंग आग्रह गरे ।

त्यस्तै ठोरी गाँउपालिकाका वडाहरुमा मोबाइल बैंकिङ वा शाखारहित बैंकिङ सेवाको व्यवस्था गरिदिन,स्थानीय किसान,उद्यमी र व्यवसायीलाई कृषिऋण, सहुलियतपूर्ण उद्यमशीलता ऋण, सहकारीमार्फत कर्जा प्रवाह गर्ने व्यवस्था मिलाइ दिन पनि आग्रह गरिएको स्थानीय युवा व्यवसयी सुदीप थापाले जानकारी दिए ।साथै उनिहरुले ठोरीमा होटल/पर्यटन र कृषि–उद्योगमा लगानी गर्न सरल र कम व्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था मिलाइदिनपनि आग्रह गरे ।

ठोरीमा डिजिटल वित्तीय पहुँच विस्तार अर्थात मोबाइल बैंकिङ, डिजिटल भुक्तानी प्रणाली विस्तार गर्न,स्थानीय बजार, पसल र सहकारीमा डिजिटल भुक्तानी प्रणाली लागू गर्न तालिम तथा प्रविधिको सहयोग गर्न, स्थानीय जनतालाई बचत, लगानी, बीमा र ऋणको सदुपयोग सम्बन्धि वित्तीय शिक्षा दिने कार्यक्रम सञ्चालन गर्नपनि युवाहरुले गभर्नर पौडेलसंग आग्रह गरे ।

यसैगरि गर्भनर र्पाडेलसंग ठोरी गाउँपालिकाभित्रका सहकारी संस्थाहरूमार्फत किसान, महिला समूह र युवा उद्यमीलाई सहुलियतपूर्ण कर्जाको पहुँच बढाउने व्यवस्था गर्नपनि आग्रह गरिएको थापाले जानकारी दिए ।

ठोरी जंगल रिसोर्टका सञ्चालकसमेत रहेका थापाकै पहलमा भएको उक्त छलफलमा गभर्नर पौडेलसंगै नेपाल राष्ट्र बैंकका प्रमुख दीर्ग रावल र वीरगन्ज शाखा प्रमुख सुशील पौडेलको पनि सहभागिता थियो ।

 

Related posts

वीरगन्ज नाकाबाट माइती नेपालद्धारा १ वर्षमा १६३ जना महिला र बालबालिकाको उद्धार

MadhesKhabar

बारामा प्रहरीद्वारा ९ बिघाको गाँजा खेती फडानी, १ लाख ८० हजार बोट नष्ट

MadhesKhabar

वीरगन्ज भन्सारको सुक्खा बन्दरगाह परिसरमा १८५ मालवाहक कन्टेनर ६ वर्षदेखि अलपत्र

MadhesKhabar

Leave a Comment