Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

वीरगन्ज आजपनि तनावग्रस्त, चार प्रदर्शनकारी प्रहरी नियन्त्रणमा

वीरगन्ज,०८फाल्गुन:कर्फ्यु लगाउँदाका बाबजुदपनि वीरगन्जमा मंगलबारपनि अवस्था तनावग्रस्त रहेकाे छ।

साेमबार दुई फरक धर्म समुदायकाबिच झडप भएपछि स्थानीय प्रशासनले वीरगन्ज महानगरपालिकामा साेमबार साँझ ५ देखि नै अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको थियाे।मंगलबार बिहान ६ बजेदेखि १० बजेसम्म सर्वसाधारणको किनमेलका लागि खुकुलाे गरिएको कर्फ्यु बिहान १० बजेपछि पुन लागु गरिएको छ।

कर्फ्यु लागेपनि वीरगन्जका ठाँउ ठाँउमा हिन्दुवादीहरुले टायर बालेर प्रदर्शन गरेपछि अवस्था तनावग्रस्त बनेकाे हाे।घडिअर्वा र गहवामा टायर बालेर प्रदर्शन गरेकाहरुलाई प्रहरीले लखेटेकाे छ।त्यसक्रममा घडिअर्वामा प्रदर्शनकारी र प्रहरीबिच सामान्य झडप भएकाे छ।त्यहाँबाट प्रहरीले चार जना युवालाई नियन्त्रणमापनि लिएको छ।

 

मंगलबारपनि बिहानैदेखि वीरगन्जका चाेक चाेकमा ठूलाे संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।

 

राैतहटकाे ईशनाथ नगरपालिकाकाे माेतीपुरमा सरस्वतीकाे मुर्ति सेलाउने विषयलाई लिएर हिन्दु र मुस्लिम समुदायबिच भएको विवादलाई लिएर वीरगन्जमापनि साेमबारदेखि दुई फरक धर्म समुदाय बिच तानाव सृजना भएको हाे।साेमबार वीरगन्जको इदगाह चाेकमा भएकाे झडपमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरि ११ जना सुरक्षाकर्मी घाइते भएका थिए ।

Related posts

नारायणी अस्पतालमा पाँच महिनादेखि बन्द रहेको एमआरआई सेवा आजदेखि फेरि सुरु

MadhesKhabar

मुस्लिम धर्मावलम्बीहरुले आज ईद पर्ब हर्षाेल्लासका साथ मनाउँदै

MadhesKhabar

हिन्दु स्वयंसेवक संघद्धारा वीरगन्जको पन्चमुखी हनुमान मन्दिरमा सामुहिक हनुमान चालिसा पाठ

MadhesKhabar

Leave a Comment