वीरगन्ज,०८फाल्गुन:कर्फ्यु लगाउँदाका बाबजुदपनि वीरगन्जमा मंगलबारपनि अवस्था तनावग्रस्त रहेकाे छ।
साेमबार दुई फरक धर्म समुदायकाबिच झडप भएपछि स्थानीय प्रशासनले वीरगन्ज महानगरपालिकामा साेमबार साँझ ५ देखि नै अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको थियाे।मंगलबार बिहान ६ बजेदेखि १० बजेसम्म सर्वसाधारणको किनमेलका लागि खुकुलाे गरिएको कर्फ्यु बिहान १० बजेपछि पुन लागु गरिएको छ।
कर्फ्यु लागेपनि वीरगन्जका ठाँउ ठाँउमा हिन्दुवादीहरुले टायर बालेर प्रदर्शन गरेपछि अवस्था तनावग्रस्त बनेकाे हाे।घडिअर्वा र गहवामा टायर बालेर प्रदर्शन गरेकाहरुलाई प्रहरीले लखेटेकाे छ।त्यसक्रममा घडिअर्वामा प्रदर्शनकारी र प्रहरीबिच सामान्य झडप भएकाे छ।त्यहाँबाट प्रहरीले चार जना युवालाई नियन्त्रणमापनि लिएको छ।
मंगलबारपनि बिहानैदेखि वीरगन्जका चाेक चाेकमा ठूलाे संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।
राैतहटकाे ईशनाथ नगरपालिकाकाे माेतीपुरमा सरस्वतीकाे मुर्ति सेलाउने विषयलाई लिएर हिन्दु र मुस्लिम समुदायबिच भएको विवादलाई लिएर वीरगन्जमापनि साेमबारदेखि दुई फरक धर्म समुदाय बिच तानाव सृजना भएको हाे।साेमबार वीरगन्जको इदगाह चाेकमा भएकाे झडपमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरि ११ जना सुरक्षाकर्मी घाइते भएका थिए ।
।

