Madhes Khabar
स्थानिय हेडलाइन

गर्मीले कक्षाकाेठामै विद्यार्थीहरु बेहाेश हुन थालेपछि वीरगन्ज महानगरका विद्यालयहरु दुई दिनका लागि बन्द

वीरगन्ज,७ :तराई–मधेसमा केहि दिन यता गर्मी अत्यधिक बढेर विद्यार्थीहरु कक्षाकाेठामै बेहाश हुन थालेपछि वीरगन्ज महानगरपालिकाले  विद्यालयहरु दुई दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।

बढ्दो गर्मीका कारण बालबालिकाहरुको स्वास्थ्यमा प्रतिकुल प्रभाव परेको भन्दै वीरगन्ज महानगरपालिकाले असाेज ८ र ९ गते दुई दिन महानगरमा रहेका सबै सामुदायिक र संस्थागत विद्यालयहरु बन्द गर्ने निर्णय गरेकाे हो ।
साेमबार वीरगन्ज महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले सार्वजनिक सुचना जारी गर्दै हाल अत्याधिक बढेकाे गर्मीले  विद्यार्थीहरुकाे स्वास्थ्यमा परेकाे प्रतिकुल प्रभावलाई मध्यनजर गर्दै असाेज ८ र ९ गते महानगरका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयमा पठनपाठन स्थगित गरिएको जनाएका छन् ।
गर्मी अत्याधिक बढेर विद्यार्थीहरु कक्षाकोठामै मुर्छित हुने अवस्था आएको भन्दै यहाँका अभिभावकहरुले विद्यालयहरुमा विदा दिनुपर्ने भन्दै सामाजिक सन्जाल मार्फत आवाज उठाउँदै आइरहेका थिए ।
पर्सा , बारा लगायत मध्यतराईका जिल्लाहरुमा अहिले असाेजकाे महिनामापनि गर्मी अत्याधिक बढिरहेको छ । यसक्षेत्रमा तापक्रम बढेर अधिकतम ३६ देखि ३८ डिग्रि सेल्सियससम्म पुगेको छ ।साेमबार मात्रै पर्साकै पाेखरियास्थित जिल्ला उच्चांगल माविमा गर्मीले ८ जना छात्राहरु बेहाेश भएका थिए ।

Related posts

वीरगन्जलाई चिनाउने चिया, नास्ता पसलेहरु राष्ट्रियस्तरको युवा सम्मेलनमा सम्मानित

MadhesKhabar

ट्यांकरले मोटरसाइकललाई ठक्कर दिएपछि वीरगन्जको आईसिपी चोक तनावग्रस्त, पत्रकारमाथि दुर्व्यवहार

MadhesKhabar

नारायणी अस्पतालबाट १५ सय एचआईभी संक्रमितले निःशुुल्क उपचार सेवा लिदैं

MadhesKhabar

Leave a Comment