Madhes Khabar
स्थानिय हेडलाइन

गर्मीले कक्षाकाेठामै विद्यार्थीहरु बेहाेश हुन थालेपछि वीरगन्ज महानगरका विद्यालयहरु दुई दिनका लागि बन्द

वीरगन्ज,७ :तराई–मधेसमा केहि दिन यता गर्मी अत्यधिक बढेर विद्यार्थीहरु कक्षाकाेठामै बेहाश हुन थालेपछि वीरगन्ज महानगरपालिकाले  विद्यालयहरु दुई दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।

बढ्दो गर्मीका कारण बालबालिकाहरुको स्वास्थ्यमा प्रतिकुल प्रभाव परेको भन्दै वीरगन्ज महानगरपालिकाले असाेज ८ र ९ गते दुई दिन महानगरमा रहेका सबै सामुदायिक र संस्थागत विद्यालयहरु बन्द गर्ने निर्णय गरेकाे हो ।
साेमबार वीरगन्ज महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले सार्वजनिक सुचना जारी गर्दै हाल अत्याधिक बढेकाे गर्मीले  विद्यार्थीहरुकाे स्वास्थ्यमा परेकाे प्रतिकुल प्रभावलाई मध्यनजर गर्दै असाेज ८ र ९ गते महानगरका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयमा पठनपाठन स्थगित गरिएको जनाएका छन् ।
गर्मी अत्याधिक बढेर विद्यार्थीहरु कक्षाकोठामै मुर्छित हुने अवस्था आएको भन्दै यहाँका अभिभावकहरुले विद्यालयहरुमा विदा दिनुपर्ने भन्दै सामाजिक सन्जाल मार्फत आवाज उठाउँदै आइरहेका थिए ।
पर्सा , बारा लगायत मध्यतराईका जिल्लाहरुमा अहिले असाेजकाे महिनामापनि गर्मी अत्याधिक बढिरहेको छ । यसक्षेत्रमा तापक्रम बढेर अधिकतम ३६ देखि ३८ डिग्रि सेल्सियससम्म पुगेको छ ।साेमबार मात्रै पर्साकै पाेखरियास्थित जिल्ला उच्चांगल माविमा गर्मीले ८ जना छात्राहरु बेहाेश भएका थिए ।

Related posts

राजनीतिका दिग्गज पूर्वमन्त्री र पूर्वसांसदलाई हराउँदै रास्वपाका सुशील बने पर्सा जिल्लाकै कान्छो सांसद

MadhesKhabar

वीरगन्ज–रक्सौल नाकाको मितेरी पुलबाट हट्यो एसएसबीको चेकपोष्ट

MadhesKhabar

वेस्ट इन्डिजलाई हराउँदै भारत टी-२० विश्वकपको सेमिफाइनलमा

MadhesKhabar

Leave a Comment