Madhes Khabar
कृषि हेडलाइन

चैते धानबालीका लागि ३० हजार मेट्रिक टन युरिया मल एक सातामा आउदै

फाइल फाेटाे

वीरगन्ज,२६माघ : कृषि सामग्री कम्पनीले ग्लोबल टेन्डरबाट खरिद गरेको ३० हजार मेट्रिक टन युरिया मल मंगलबार भारतको कोलकाता बन्दरगाह आइपुगेको छ । वीरगन्ज स्थित कृषि सामग्री कम्पनीको मधेस प्रादेशिक कार्यालयका सूचना अधिकृत आलोक कुमारका अनुसार आपूर्तिको ठेक्का पाएको स्विस सिंगापुर कम्पनीले मलेसियाबाट मल ल्याएको हो ।

कोलकाता बन्दरगाहमा बोरामा प्याकिङ गरेर उक्त मल नेपाल ल्याउन करिब डेढ देखि दुई साता लाग्ने उनले बताए । उनका अनुसार यो मल चैते धान बालीका लागि उपयोगी हुनेछ । उक्त ३० हजार मेटन मल मध्ये वीरगन्ज प्रादेशिक कार्यालयले ११ हजार ५ सय, भैरहवा प्रादेशिक कार्यालयले १० हजार र विराटनगर प्रादेशिक कार्यालयले ८ हजार ५ सय मेटन मल पाउने छ ।

यसअघि नेपाल सरकारले भारत सरकारसँग जीटूजी प्रक्रियाबाट खरिद गरेको ३० हजार मेट्रिक टन युरिया मल नेपाल आइसकेको छ । त्यसमध्ये वीरगन्ज प्रादेशिक कार्यालयले ११ हजार ६२ मेट्रिक टन युरिया मल आफ्नो गोदाममा भित्रयाइसकेको कुमारले बताए । त्यसबाहेक रक्सौल रेलवे स्टेसनमा रहेको ५ सय ५० मेट्रिक टन युरिया मल वीरगन्ज आउने क्रममा छ । भैरहवा र विराटनगर प्रादेशिक कार्यालयले पनि जीटूजीको मल पाइसकेका छन्  । जीटूजीको मल यही गहुँबाली सिजनमै खपत हुनेछ ।

कुमारले कम्पनीको जनकपुर कार्यालयमा सोमबार एकै दिन ३ सय २४ मेट्रिक टन मल परिचालन भएको बताए । ढुवानीको ठेक्का अवधि सकिए पनि त्यहाँ मल पुग्न सकेको थिएन । ‘नवलपुर कार्यालयमा पुरानो र नयाँ गरी ५ सय ३३ मे.टन मल परिचालन भइसक्यो, कलैया कार्यालयमा पनि परिचालन हुने क्रममा छ,’ उनले भने ।

अशोक विनायक रोडवेजले प्रदेश २, ३ र ४ मा ढुवानीको ठेक्का पाएको छ । वीरगन्ज प्रादेशिक कार्यालयको गोदाममा भित्रिएको जीटूजी को ११ हजार ६२ मेट्रिक टन युरिया मलमध्ये सोमबारसम्म ५ हजार ५ सय ४ दशमलव ५ मेट्रिक टन विभिन्न जिल्लामा पठाइएको कार्यालयले जनाएको छ । साभार : कान्तिपुर

Related posts

ठाकुरराम क्याम्पसमा बल्ल सुचारू भयाे मतगणना

MadhesKhabar

बारामा प्रहरीका भान्से रुम्बाको हत्या प्रकरण: अनुसन्धान विभागका अधिकृतसहित ३ जना पक्राउ

MadhesKhabar

वीरगन्ज नाकामा एसएसबीले गोली चलाएको प्रकरण : दुई जना पक्राउ, अरुकोपनि खोजी जारी

MadhesKhabar

Leave a Comment