Madhes Khabar
राजनीति हेडलाइन

उपेन्द्र यादवलाई रोक्न सिके राउत आफैं चुनावी कमाण्डर बनेर मैदानमा

काठमाडौं,२१चैत : गत मंसिरमा भएको चुनावमा पराजित जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव अब बारा–२ मा हुने उपनिर्वाचनका लागि मैदानमा छन् । यो क्षेत्रबाट यसअघि जसपाकै रामसहायप्रसाद यादव निर्वाचित भएका थिए । तर, अध्यक्ष यादवले चुनाव जितेर पार्टीको संसदीय दलको नेतासमेत बनेका रामसहाय प्रसादलाई उपराष्ट्रपति बनाएर उपनिर्वाचन मार्फत आफ्ना लागि संसद् छिर्ने बाटो बनाएका हुन् ।

तर, यसपटक बाराको उपनिर्वाचन समग्र मधेस राजनीतिको शक्ति संघर्षको विषय बनेको छ भने उपेन्द्र यादवका लागि अग्निपरीक्षा नै बनेको छ ।

सत्ता गठबन्धनबाट नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टीसहित दलहरूको समर्थन पाएका यादव भूगोलमा स्वच्छ छविका रामसहायप्रसादले खडा गरेको सांगठनिक जगमा चुनावी परिणाम हात पार्ने दाउमा छन् । तर, उनलाई रोक्न प्रमुख विपक्षी दल नेकपा एमाले मात्रै होइन, मधेसकै मुद्दामा वैकल्पिक राजनीति गर्दै उदाएको जनमत पार्टीसमेत अगाडि आएको छ ।

यसअघि रामसहाय प्रसादले नेकपा एमालेसँगको गठबन्धनमा चुनाव जितेका थिए, अहिले उपेन्द्र कांग्रेस, माओवादी केन्द्रसहित दलसँगको गठबन्धनबाट उम्मेदवार छन् । तर, जनमत पार्टीले भने यसअघि कांग्रेस–माओवादी केन्द्र गठबन्धनबाट उम्मेदवार रहेका शिवचन्द्र कुशवाहलाई पार्टी प्रवेश गराएर उम्मेदवार बनाएको छ ।

मधेस राजनीतिको केन्द्रमा को रहने भन्ने विषयमा यादव र जनमतका अध्यक्ष राउतबीच प्रतिस्पर्धा छ । सप्तरी–२ मा पराजित गरेपनि यादवले उपनिर्वाचनको झस्केलोबाट संसद् छिर्ने बाटो तय गरेपछि यादवलाई रोक्न राउत आफैँ चुनावी कमाण्ड गर्दै मैदानमा खटिएका छन् ।

जनमत पार्टीका महासचिव चन्दन सिंहले आफूहरु मधेसका जनताका खास समस्या समाधानका लागि काम गर्ने बताए । ’मधेसका नाममा सँधै भजाउनेहरुलाई अब मधेसमा कुनै स्पेस हुनेछैन । यो चुनावले त्यो कुरा पुष्टि गर्छ’ सिंहले भने ।

जनमत पार्टीका अध्यक्ष राउत उपेन्द्रलाई मधेसको राजनीतिबाट पाखा लगाएर आफू स्थापित हुन चाहान्छन् । राउतसँगै चुनाव हारेका यादव भने अबका पाँच वर्षसम्म संसद् र शक्तिमा नहुँदा टिकिरहन कठिन हुने त्रासले भयभीत देखिन्छन् ।

मधेसी जनअधिकार फोरममार्फत् मधेस आन्दोलन र सडक संघर्ष गरेर राष्ट्रिय राजनीतिमा उदाएका उपेन्द्र तीन पटक उपप्रधानमन्त्रीसहित पटक–पटक मन्त्री बनिसकेका छन् । यो अवधिमा मधेसका मुद्दा सम्बोधनभन्दा पनि सत्ता र संसद्बाहिर अडिन नसक्ने नेता भन्दै मधेशमा उनीमाथि प्रश्न उठेको छ । यद्यपी अध्यक्ष यादवले सोमबार उम्मेदवारी दिएपछि मधेसी जनताका समस्या समाधमानका लागि आफू फेरि चुनावी प्रतिस्पर्धामा आएको धारणा राखेका छन् ।

तर, अर्कोतिर हालको सरकारमा उपप्रधानमन्त्री पाउँदा समेत सहभागी नभएका जनमतका अध्यक्ष राउतले गठबन्धन सरकारमा आफूहरूले सोचेजसरी काम गर्ने ठाउँ नपाएको भन्दै सरकारमा सहभागी एक मन्त्रीलाई समेत फिर्ता बोलाएका छन् । जनमतबाट सरकारमा सहभागी रहेका अब्दुल खानले गत शुक्रबार मात्रै खानेपानीमन्त्रीबाट राजीनामा दिएका थिए ।

एकातिर उपेन्द्रमाथि सत्ता लिप्साको आरोप लाग्ने गरेको छ भने अर्कोतिर यही बेला जनमत पार्टीले सत्तालाई भन्दा आफ्ना मुद्दालाई केन्द्रमा राख्ने राजनीतिक चरित्र प्रदर्शन गरिरहेको छ । यस्तोमा सत्ता प्राप्तिका लागि सबै मुद्दालाई पछाडि छोड्न सक्ने उपेन्द्रलाई जनमतको उदय भारी पर्न सक्ने देखिएको हो । जनमतले सत्ताभन्दा बाहिर रहेर पनि शक्ति आर्जन गर्न सकिन्छ भन्ने मुद्दा अघि सार्दा मधेस मुद्दामा आधारित राजनीतिक दल र नेतृत्वलाई बलियो धक्का पुगेको हो । यसअघि मंसिर ४ को निर्वाचनमा सप्तरी–२ मा अध्यक्ष यादवलाई जनमत पार्टीका अध्यक्ष राउतले दोब्बरभन्दा धेरै मतान्तरले पराजित गरेका थिए ।

बारा–२ मा भने यसअघि जसपाका रामसहाय प्रसाद यादवले १३ हजार ८२२ मत ल्याएर विजयी हुँदा तत्कालिन माओवादी केन्द्रका शिवचन्द्र कुशवाहले १३ हजार ४६८ मत पाएका थिए । मतान्तर ३५४ मात्रै थियो । तर, त्यसबेला स्वतन्त्र उम्मेदवारी दिएका रामकिशोरप्रसाद यादवले ११ हजार ४३ मत र अर्का स्वतन्त्र उम्मेदवार रविन्द्रप्रसाद यादवले नै १० हजार ७५० मत पाएका थिए ।
पाँच महिनाअघि जसपाकै नेतासँग झिनो मतान्तरले पराजित भएका माओवादी केन्द्रका नेता कुशवाहले यसपटक पार्टीले नै जसपालाई समर्थन गरेपछि जनमत पार्टीमा प्रवेश गरेर उम्मेदवार बनेका छन् । यसपटक नेकपा एमालेबाट पुरुषोत्तम पौडेल उम्मेदवार छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल र नेपाल मजदुर किसान पार्टीबाट मुक्ति यादवले उम्मेदवारी दिएका छन् । सोमबार भएको मनोनयनदर्तामा यहाँबाट प्रतिनिधिसभा सदस्यकालागि ३६ जनाको मनोनयन दर्ता भएको छ ।

यहाँ रास्वपाले सुशासन पार्टीका अध्यक्ष रमेश खरेललाई उम्मेदवार बनाएको छ । ’एकको बदला तीन’ भन्ने नारासहति काठमाडौं–१ बाट पराजति खरेललाई रास्वपाले उम्मेदवार बनाएको हो ।

राजनीतिक विश्लेषक तुलानारायण साह बारा–२ मा एमाले, रास्वपाभन्दा पनि जसपा अध्यक्ष यादव र जनमत अध्यक्ष राउतबीचमै रोचक प्रतस्पिर्धा हुने बताउँछन् ।

उनका अनुसार यादव ०६३ को मधेश आन्दोलनको विरासत बोकेका नेता हुन् । १६ वर्षदेखि संसदीय यात्रा गरेका यादव र ५ महनिाअघि मात्रै संसदीय राजनीतमिा प्रवेश गरेका राउतबीचको यो चुनावी प्रतिस्पर्धा समग्र मधेशको शक्तिसँग जोडएिको छ।

जनमतका उम्मेदवार कुशवाहाले हार्दा सीकेजीका लाग ठूलो असर गर्दैन कनकी बारा–२ जनमतको विरासत भएको ठाउँ होइन तर उपेन्द्रजी हार्नुभयो भने राष्ट्रिय राजनीतिमा पुनःस्थापित हुन उहाँलाई कठिनाई पर्न सक्छ,’ साह भन्छन्, ’यस अर्थले बारा–२ को नर्विाचन राष्ट्रिय चासोको विषय बनेको हो ।’

जसपा अध्यक्ष यादव ०४८ सालयता निरन्तर चुनावी प्रतिस्पर्धामा छन् । तर उनको निर्वाचन क्षेत्र भने निश्चित छैन । सुरुमा पूर्वी तराईबाट चुनाव लडेका यादव अब भित्री मधेश पसिसकेका छन् । उनी ०४८ सालको निर्वाचनमा सुनसरी–४ बाट चुनाव लडेका थिए । ०६४ र ०७० मा भने उनी सुनसरी–५ बाट चुनाव लडे ।

०७४ को निर्वाचनमा उनी सप्तरी–२ आइपुगे । यसपटक दोहोरिएर निर्वाचित हुने उनको चाहनामा ब्रेक लागेपछि अब उनी बारा–२ पुगेका हुन् । प्रकाश धौलाकोटी/कान्तिपुर

Related posts

६ वर्षमा एउटा पुल र ६ सय मिटर सडक मात्र निर्माण

MadhesKhabar

कक्षा १२ को परीक्षा वैशाख ११ देखि

MadhesKhabar

आठ वर्षको निरन्तर प्रयासपछि पर्सा जिल्ला पूर्ण खोप घोषणा हुन सफल

MadhesKhabar

Leave a Comment