Madhes Khabar
राजनीति

वीरगन्ज आएर विप्लवले भने : नेपालमा अन्तिम विद्राेह आवश्यक छ, त्यसमा मधेसकाेपनि साथ चाहिन्छ

वीरगन्ज ,८भदाैं: समाजवादी मोर्चाका नेता एवं नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपालमा अन्तिम विद्रोहको आवश्यकता रहेको बताएका छन्।

शुक्रबार समाजवादी मोर्चाको वीरगन्जमा आयोजित सभामा बोल्दै उनले नेपालको दलाल पुँजीवादविरुद्धको अन्तिम विद्रोह आवश्यक रहेको बताए। उनले त्यो विद्रोहमा मधेसको साथ पनि चाहिने बताए।

उनले अहिलेको व्यवस्थाले जनताको चाहना पूरा नगरेको आरोप लगाए। ‘नेपालमा अहिले पनि श्रमिकहरू मारमा परेका छन्। दुई छाक टार्न पनि श्रमिक वर्गलाई धौधौ छ। त्यसैले नेपालमा श्रमिक जनताको व्यवस्था निर्माण निर्माण गर्नुपर्ने आवश्यकता छ,’ उनले भने।

उनले नेताहरूले नेपाली युवाहरूलाई बेचेर खाडीमा पठाएको बताए। नेताहरूले गाउँगाउँमा म्यानपावर खोलेर युवाहरूलाई पैसा खोज्न मरुभूमिमा पठाइरहेको बताए। ‘नेपाल प्राकृतिकरूपले धेरै धनी छ, सम्पन्न छ। तर नेताहरूले हाम्रा युवाहरूलाई पैसा खोज्न मरुभूमि पठाउने काम गरिरहेको छ। नेताहरूले नै युवालाई बेचेर खाने काम गरिरहेको छ,’ उनले भने।

उनले समाजवादी मोर्चाको निर्माणपछि केही शक्तिहरू अतालिएको बताए। ‘मोर्चा आएपछि कयौंको निन्द्रा उडेको छ। देशभित्र र बाहिरबाट पनि घेराबन्दी हुने काम भइरहेको छ। तर हामी सानातिना घेराबन्दी र हस्तक्षेपबाट डराउँदैनौं,’ उनले भने।

Related posts

जनमत पार्टीले छाड्याे सरकार

MadhesKhabar

उपेन्द्र यादवको हैकमवादी शैलीका कारण पार्टी फुटाउनु परेको हो :खानेपानी मन्त्री यादव

MadhesKhabar

संसद विघटन गर्ने सहमति,सुशीला कार्कीलाई आजै प्रधानमन्त्रीमा नियुक्त गर्ने तयारी

MadhesKhabar

Leave a Comment