Madhes Khabar
राजनीति

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

फाइल तस्बिर ।

भैरहवा,३पुस : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा रिहाइ गर्न आदेश भएको छ। उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीशद्धय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले लामिछानेलाई धरौटीमा छोड्न आदेश दिएको हो। अदालतको उक्त आदेशसँगै लामिछाने २ करोड ७४ लाख ८४ हजार विगो बुझाएर रिहा हुने भएका हुन्।

रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराधको अभियोगमा पूर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई उच्च अदालत तुलसीपुर बुटवल इजलासले धरौटीमा छोड्न भनेको हो।

बुटवलस्थित सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराधको अभियोगमा लामिछानेसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरेर अभियोग-पत्र दायर गरिएको थियो ।

लामिछानेले चार भागमध्ये आफ्नो एक भागको बिगो रकम २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत दाखिला गर्दा जिल्ला अदालत रुपन्देहीले रिहा गर्न अस्वीकार गरेको थियो ।

त्यही मुद्दाका प्रतिवादी छविलाल जोशीले पनि बिगोबापतको जमानत पेस गरेका थिए । तर, दुवै प्रतिवादीको हकमा भागमा कति बिगो कायम हुने भन्ने नै यकिन नभएकाले रिहा गर्न नमिल्ने एकै प्रकृतिको आदेश भएको थियो।

बिगो बमोजिमको रकम बुझाएर थुना बाहिर बसेर मुद्दा लड्न पाउँ भनी उच्च अदालतमा निवेदन दिएकोमा अदालतले दुवै मुद्दा साथै राख्ने आदेश गरेको थियो । लामिछाने पूर्पक्षका लागि हाल नख्खु कारागारमा छन् भने जोशी भने भैरहवा कारागारमा छन् ।साभार:अन्नपूर्ण पाेष्ट

Related posts

पत्रकारलाई कुटेको आराेपमा पुर्वमन्त्री महेश बस्नेतविरुद्ध प्रहरीमा उजुरी

MadhesKhabar

कानुनी अड्चन हटाएर भए पनि घण्टाघरको रोड कालोपत्रे हुन्छ: मेयर राजेशमान

MadhesKhabar

प्रचण्ड सरकारविरुद्ध वीरगन्जमा रास्वपाकाे प्रदर्शन

MadhesKhabar

Leave a Comment