Madhes Khabar
राजनीति

मधेसका मुख्यमन्त्री यादवलाई एमालेले पनि विश्वासको मत दिने

काठमाडौं, ६ जेठः मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई नेकपा एमालेले पनि विश्वासको मत दिने भएको छ ।

गत शुक्रबार विश्वासको मतका लागि दिन तय गरिए पनि स्थगित गरिएको थियो । जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसदहरुले फ्लर क्रस गर्ने आशंकाले मुख्यमन्त्री यादवले गत शुक्रबार विश्वासको मत लिने कार्यसूचीलाई स्थगित गरेका थिए । विश्वासको मतका लिन अब नयाँ मिति जेठ ८ गतेका लागि तय गरिएको छ ।

कांग्रेस, जसपा नेपाल, लोसपा, नेकपा वीचमा मुख्यमन्त्री यादवलाई निरन्तरता दिने सहमति बनेको थियो । जसपा र लोसपाको एकीकरणलाई निर्वाचन आयोगले मान्यता दिएसँगै एकीकृत दलले जसपाले विश्वासको मत दिन आनाकानी गरेको थियो ।

कांग्रेसबाट मुख्यमन्त्री रहेका यादवले विश्वासको मत पाउने/नपाउने अनिश्चित बनेपछि केन्द्रीय तहमा कांग्रेस र एमालेको वीचमा संवाद भएको थियो । कांग्रेस सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले फरक फरक समयमा एमाले अध्यक्ष केपी ओलीलाई भेटेर सातै प्रदेशका सरकार बारे छलफल गरेका थिए ।

दुई दलमा भएको प्रारम्भिक सहमति अनुसार मधेसमा एमालेका सांसदले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने भएका छन् । केन्द्रीय तहमा भएको सहमति अनुसार मधेसका कांग्रेसका एक नेताले भने,‘मुख्यमन्त्रीलाई एमालेको पनि समर्थन रहन्छ । कृष्ण यादवले विश्वासको मत पाउनुहुन्छ ।’साभारः अनलाइनखबर

Related posts

पर्सा ४ का मतदाताको घर घरमा पुगेर रिजालले भने : काँग्रेस नै देशको आवश्यकता हो

MadhesKhabar

राप्रपाका नेताहरु भन्छन् : हिन्दु राष्ट्र र राजसंस्थाका लागि देशभर आन्दोलनको तयारी हुदैछ

MadhesKhabar

वीरगन्जमा १ सय भन्दा बढी नेता कार्यकर्ता जनमत पार्टीमा प्रवेश

MadhesKhabar

Leave a Comment