Madhes Khabar
राजनीति

वीरगन्जमा १ सय भन्दा बढी नेता कार्यकर्ता जनमत पार्टीमा प्रवेश

वीरगन्ज,२०असाेज:वीरगन्जमा जसपा, लाेसपा लगायतका पार्टी परित्याग गरि एक सय भन्दा बढी नेता कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छन् ।

वीरगन्ज महानगरपालिका वडा नम्बर २१ ताजपुरमा शनिबार आयाेजित कार्यक्रममा एक सय भन्दा बढी नेता कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका हुन् ।लाेसपाका स्थानीय नेता विष्णु कुशवाहाकाे अगुवाईमा लाेसपा, जसपा, एमाले लगायतका पार्टीका नेता कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेकाे जनमत पार्टीका पर्सा संयाेजक ओमप्रकाश सर्राफले जानकारी दिए।

उक्त कार्यक्रममै विष्णु कुशवाहाकै अध्यक्षतामा जनमत पार्टीको ४१ सदस्यीय वडा इकाई समिति गठन गरिएको छ ।

जनमत पार्टीका केन्द्रीय सदस्य शशीकपुर मियाँकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा जनमत पार्टीका अर्का केन्द्रीय सदस्य सिपु तिवारी ,पर्सा संयाेजक ओमप्रकाश सर्राफ, नेताहरु इन्दाैल राठाैर,विद्यानन्द साह, युवा जनमत संघका महानगर अध्यक्ष सन्जय सिंह लगायतको सहभागीता थियाे ।

Related posts

रिहा भए रेशम चौधरी

MadhesKhabar

तनहुँ १ मा कांग्रेसको गढ ताेडेका स्वर्णिम वाग्लेको जित सुनिश्चित

MadhesKhabar

शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसंग सम्बन्धित बाँकी काम छिटै टुंगिन्छ : मन्त्री चौरसिया

MadhesKhabar

Leave a Comment