Madhes Khabar
राजनीति

कांग्रेस,एमाले छाड्दै जसपामा प्रवेश गरेकाहरुलाई वीरगन्जका मेयर सिंहले गरे पार्टीमा स्वागत

वीरगन्ज,२०चैतःवीरगन्जमा जनता समाजवादी पार्टी (जसपा)मा विभिन्न पार्टी परित्याग गरि प्रवेश गनेहर्रुको लहर चलेको छ ।वीरगन्ज महानगरपालिका वडा नम्बर ३१ मा बुधबार आयोजित कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र परित्याग गरि १ सय ५० भन्दा बढी व्याक्ति जसपामा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेसको भातृ संगठन तरुण दलका सचिव रंजित महतो, पुर्व वडा सदस्य गिता देवी नुनियाँ, कांग्रेसकी कृयाशील सदस्य चाँदनी देवी,नेकपा माओवादी केन्द्रकी मदिना खातुन, नेकपा एमालेका सकिल मियाँ ठाकुर, ढोराही चौधरी, रिका देवी साह, सुरेन्द्र महतो, शम्भु महतो लगायत लगायत १५० भन्दा बढी जसपामा प्रवेश गरेको जसपाका जिल्ला सचिव उमेशलाल सहनीले जानकारी दिए ।

कार्यक्रममा वीरगन्ज महानगरपालिकाका मेयर तथा जसपाका केन्द्रिय सदस्य राजेशमान सिंहले नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गरे । उक्त कार्यक्रममा बोल्दै उनले मधेस र मधेसीको अधिकार स्थापित गराउने पार्टी नै जसपा रहेकाले सबै जना एकताबद्ध हुन आह्वान गरे ।

जसपाका इकाई अध्यक्ष सुलेमान अन्सारीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वमन्त्री एंव जसपाका केन्द्रीय सदस्य मोहनलाल चौधरी, मधेस प्रदेश उपाध्यक्ष प्रेमबाबु पटेल, जिल्ला सचिव उमेशलाल सहनी, महानगर अध्यक्ष इश्वरचन्द्र यादव, पवन पंजियार,रवि पंजियार, विजय पंजियार लगायतको सहभागिता रहेको थियो ।

Related posts

चुनाव अगाडि नै पार्टीको महाधिवेशन गर्न वीरगन्जका कांग्रेस नेताहरुको माग

MadhesKhabar

सत्ता गठबन्धन भत्किन सक्ने ओलीको संकेत

MadhesKhabar

नेपालमा रहेकाे पाकिस्तानी दूतावास बन्द गर्न माग

MadhesKhabar

Leave a Comment