Madhes Khabar
राजनीति

अहिलेको संविधान मधेसी जनताले बनाएको संविधान होइन : मुख्यमन्त्री यादव

फाइल तस्बिर ।

जनकपुरधाम,२३चैतःमधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले अहिलेको संविधान मधेशका जनताले बनाएको संविधान नभएको बताएका छन् । शुक्रबार जनकपुरधाममा भएको प्रदेश र स्थानीय सरकारको प्रभावकारी समन्वय र सहकार्यको वर्तमान अवस्था र भावी रणनीति विषयक कार्यक्रममा मुख्यमन्त्री यादवले यस्तो बताएका हुन् ।

उनले देशमा संघीयता मधेस प्रदेशका जनताकै कारण आएको दाबीपनि गरे ।उनले भने,‘देशमा संघीयता ल्याउने मधेस प्रदेश नै हो । मधेस प्रदेशका हामी सम्पूर्ण जनताले आन्दोलन गरेबापत यो देशमा संघीयता आएको हो ।’
यादवले संघीयता आएपछि मधेस प्रदेशमा विकास भएकोपनि बताए । उनले भने,‘नत्र बहुदल व्यवस्था ३२ वर्ष बढी भइसक्यो, यो देशमा २५ वर्षमा मधेसमा बहुदलीय व्यवस्था भएपनि विकास पाएको होइन । बहुदल आएपनि मधेस प्रदेशका जनतालाई विभेद गरेर राखेकै हो ।
उनले संघीयता भएपनि संघ सरकारले प्रदेशलाई जुन प्रकारको अधिकार दिनुपर्ने त्यो नदिएको गुनासो गरे ।उनले संघीयता सबैलाई चाहिने भएपनि कार्यान्वयन गर्न नसकेको प्रति जिम्मेवार नेताहरु लज्जित हुनुपर्ने बताए ।

Related posts

बजेट ल्याइएको हाेइन , लुटिएको हाे : सिके राउत

MadhesKhabar

काँग्रेसका अजय चौरसिया र श्याम पटेललाई जिताउन पर्सागढीमा चुनावी समितिहरु गठन

MadhesKhabar

बारा २ का जनताले उपेन्द्र यादवको षडयन्त्र सफल हुन दिदैनन् : सिके राउत

MadhesKhabar

Leave a Comment