Madhes Khabar
राजनीति

माघ ५ गते वीरगन्जमा `बलिदानी दिवस´ मनाउने जसपाकाे निर्णय

वीरगन्ज,२४पुष:जनता समाजवादी पार्टी(जसपा) ले माघ ५ गते वीरगन्जमा `बलिदानी दिवस´ मनाउने भएको छ।जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवकाे प्रमुख आतिथ्यतामा `बलिदानी दिवस´ मनाउने निर्णय गरिएको जसपाका वीरगन्ज महानगर अध्यक्ष ईश्वरचन्द्र यादवले जानकारी दिए।

पुष २१ गते बसेकाे जसपाकाे वीरगन्ज महानगर समितिकाे बैठकले माघ ५ गते वीरगन्जको नगरसभा गृहमा राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवकाे प्रमुख आतिथ्यतामा बलिदानी दिवस मनाउने निर्णय गरेकाे महानगर अध्यक्ष यादवले बताए।

नगरसभा गृहमा माघ ५ गते दिउँसो १२.३० बजेदेखि सुरु हुने बलिदानी दिवसकाे कार्यक्रममा सहभागी हुन जसपा महानगर समितिले पार्टीका नेता कार्यकर्ता र शुभेच्छुकहरुलाई अपिलपनि गरेकाे छ।

Related posts

धर्मनिरपेक्षता र संघीयताको विरोधमा राप्रपा नेपालले असाेज ३ गते देशभर प्रदर्शन गर्ने

MadhesKhabar

देउवाको कारबाहीपछि गगनले भने :‘हामी नै आधिकारिक कांग्रेस हो, रुख र चारतारे झन्डा हामीसंग छ’

MadhesKhabar

रौतहट–४ मा तिमल्सिनालाई समर्थन गर्दै एमाले र नेकपाका नेता कार्यकर्ताहरु कांग्रेसमा प्रवेश

MadhesKhabar

Leave a Comment