Madhes Khabar
राजनीति हेडलाइन

देउवाको कारबाहीपछि गगनले भने :‘हामी नै आधिकारिक कांग्रेस हो, रुख र चारतारे झन्डा हामीसंग छ’

काठमाडौं,३०पुसःनेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले नेतत्व चयनको प्रक्रिया अघि बढाउने बाटो खुलेको बताएका छन् ।

देउवा समूहको केन्द्रीय समितिको बैठकले उनी र अर्का महामन्त्री विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पाँच वर्षका लागि पार्टीबाट निष्काशनको निर्णय गरेलगत्तै थापाले पार्टीको आधिकारीक नै विशेष महाधिवेशन पक्षधर रहेको बताएका हुन् ।

‘हामीले सभापतिले छोडे हुन्छ भनेका हौँ । असोज २८ गते केन्द्रीय समितिको बैठकमा उहाँले सम्बोधन गरेर कार्यवाहक दिएर जाँदा सम्मान गरेकै हो नि,’ गगनले भने, ‘अब हामी अल्मलिनुपर्ने अवस्था रहेन । विशेष महाधिवेशनको मनोनयनको काम सकियो । नामावलीहरू सार्वजनिक हुँदैछ । संवादका लागि प्रयास भएका थिए सफल भएनन् ।’

अब कांग्रेसको आधिकारिकता को ? भन्ने प्रश्नमा थापाले थपे, ‘यहाँ विधिवत र विधानसम्मत नेतृत्व चयन हुँदैछ । यही नै कांग्रेस हो ।’विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वबारे आजै निर्वाचन आयोगमा जानकारी दिने पनि थापाको भनाइ छ ।

‘आज निर्वाचन प्रक्रिया सकिएसँगै आयोगलाई जानकारी गराउँछौँ,’ उनले भने, ‘पार्टीको चुनाव चिह्न रुख, चारतारे झन्डा हामीसँगै छ । अर्को कुरा कांग्रेस नै हामी हौँ ।’

देउवासँग अन्तिम संवाद हुँदा के कुरा भयो भन्ने प्रश्नमा उनले वैशाखमा स्वतः अलग हुन्छु अहिले किन म निष्क्रिय हुने भन्ने जवाफ दिएको थापाले बताए ।

त्यस्तै उनलाई वैशाखसम्म किन कुर्न नसक्नु भएको त ? भन्ने प्रश्नको उत्तर दिँदै भने, ‘पर्खिन नसक्ने अवस्था भयो । पर्खिन हाम्ले नसकेको हैन । देश, समाज र कारयकर्ताले कुर्न सकेनन् । उहाँहरूलाई स्वीकारी रहन सकेको भए भदौ २३ को घटना हुने नै थिए ।’साभारःअनलाइनखबर

 

 

Related posts

नागरिकता विधेयक अगाडि बढाएर नागरिकाता विहिनहरुलाई न्याय दिन सांसद यादवको माग

MadhesKhabar

चितवन–२ मा बैशाख १० गते उपनिर्वाचन

MadhesKhabar

उपेन्द्र यादव मधेस र मधेसीका लागि लड्ने सच्चा नेता हो : कांग्रेस सभापति देउवा

MadhesKhabar

Leave a Comment