Madhes Khabar
राजनीति

धर्मनिरपेक्षता र संघीयताको विरोधमा राप्रपा नेपालले असाेज ३ गते देशभर प्रदर्शन गर्ने

काठमाडौं,१असाेज: राप्रपा नेपालले आगामी असोज ३ गते देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको छ । सोमबार बसेको पार्टीको समीक्षा बैठकले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विरोधमा राँके जुलुस प्रदर्शन गर्ने निर्णय गरेको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

बैठकमा गत भदौ २९ गते भएको विरोध प्रदर्शनको समीक्षा र भावी कार्यक्रमको बारेमा छलफल भएको थियो ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष कमल थापाले अहिले संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट व्यवस्थाले मुलुकलाई संकटको दलदलमा फसाएकाले यसबाट मुक्तिका लागि सडक संघर्ष गर्नुपर्ने बताए । ‘यो व्यवस्था र प्रणालीले मुलुक बचाउन र बनाउन सकिन्न, अब आन्दोलनबाट नै सबै अटाउने व्यवस्था ल्याउनुपर्छ’, थापाले भने ।साभार:अनलाइनखबरबाट

Related posts

पर्साका कांग्रेस प्रदेश सांसदद्धय पटेल र चौधरी बने प्रदेश सरकारमा मन्त्री

MadhesKhabar

प्रतिनिधि सभाको उपसभामुखमा कांग्रेसकी भुसाल निर्वाचित

MadhesKhabar

एमालेको अवरोधले नागरिकता विधेयक पास हुन नसकेको प्रचण्डको आरोप

MadhesKhabar

Leave a Comment