वीरगन्ज,१६पुसःपर्सा जिल्लाका नेपाली कांग्रेसबाट निर्वाचित दुई प्रदेश सभा सदस्य मधेस प्रदेश सरकारमा मन्त्री बनेका छन् ।
मुख्यमन्त्री कृष्ण यादवले बुधबार विस्तार गरेको मन्त्रीपरिषदमा पर्सा क्षेत्र नम्बर २ को (क)बाट निर्वाचित श्याम पटेल र क्षेत्र नम्बर ४ को (क) बाट निर्वाचित शंकर चौधरी मन्त्री नियुक्त गरेका हुन् ।पटेल कृषि मन्त्री र शंकर चौधरी वन तथा वातावरण मन्त्रीमा नियुक्त भएका हुन् ।
बुधबार मुख्यमन्त्री यादवले नियुक्त गरेका पटेल र चौधरीसहित ६ जना मन्त्रीहरुले शपथ पनि लिएका छन् । जनकपुरधामस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित शपथग्रहण समारोहमा पटेलले कृषिमन्त्री , चौधरीले वन तथा वातावरणमन्त्री, जसपा नेपालका राजकुमार गुप्ताले भौतिक पूर्वाधार विकास मन्त्री, मनिष सुमनले श्रम तथा यातायात मन्त्री, माओवादी केन्द्रका फकिरा महतोले गृहमन्त्री र जनमत पार्टीका वसन्त कुशवाहाले युवा तथा खेलकुद मन्त्रीको शपथ ग्रहण लिएका हुन् ।

