Madhes Khabar
राजनीति

प्रतिनिधि सभाको उपसभामुखमा कांग्रेसकी भुसाल निर्वाचित

मधेसखबर
वीरगन्ज,३१असार : प्रतिनिधि सभाको उपसभामुखमा नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल निर्वाचित भएकी छन् ।
शुक्रबार भएको निर्वाचनमा भुसाल उपसभामुमा १४८ मत ल्याएर विजयी भएकी हुन् । उनकी प्रतिस्पर्धी नेकपा एमालेको तर्फबाट उपसभामुखको उम्मेदवार विद्या भट्टराईले ९३ मत मात्रै प्राप्त गरिन् ।

तत्कालीन शीवमाया उपसभामुख तुम्बाहाम्फेले १२ माघ २०७६ माघमा राजीनामा दिएपछि रिक्त भएको उपसभामुख पदका लागि शुक्रबार निर्वाचन भएको हो । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाका तर्फबाट निर्वाचित सांसदको समेत मत पाएर भुसाल उपसभामुखमा निर्वाचित भएकी हुन् ।

को हुन् नवािर्वाचित उपसभामुख भुसाल ?

सांसदहरु उपसभामुखमा निर्वाचित भुसाललाई संघर्षशील नारीको संज्ञा दिन्छन् । एमालेकी सांसद विन्दा पाण्डेले विद्या भट्टराई उपसभामुखमा समर्थन गर्दै गर्दा पनि भुसालसँग एउटै मोर्चामा रहेर गरेका संघर्षहरु स्मरण गरिन् । न्यायका लागि बिभिन्न महिलाहरुको मोर्चामा रहेर संगसंगै लडेको सम्झिइन् ।

सांसद पाण्डेले भने जस्तै भुसाल प्रध्यापन, कानुन व्यावसाय र राजनीतिलाई एकसाथ बढाउँदै आएकी नेता हुन् । भुसालको पारिवारिक पृष्ठमूमि पनि राजनीतिक छ । २०१५ सालको बीपी कोइरालाको मन्त्रिपरिषदमा स्वास्थ्यमन्त्री रहेका काशीनाथ गौतमकी छोरी हुन् भुसाल ।

संघीय संसद सचिवालयको रेकर्ड अनुसार अर्घाखाँचीको पोखराथोकमा २०१७ साल फागुन १ गते जन्मिएकी भुसाल २०२८ सालदेखि राजनीतिमा आवद्ध छिन् । अर्थात, उनी ५१ वर्षदेखि राजनीतिमा छिन् ।

कानुनमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकी उनी कांग्रेसको महिला विभाग, कानुन विभागमा लामो समय क्रियाशील भइन् । नेपाल महिला संघको महासचिव भएर पनि काम गरिन् । महिला अधिकार र समानताको पक्षमा वकालत गर्दै गर्दा उनले विश्वविद्यालयमा प्राध्यापन पनि गरिन् । त्रिभुवन विश्वविद्यालयमा १७ वर्ष प्रध्यापन गरेकी भुसाल वरिष्ठ अधिवक्ता समेत हुन् ।

२०६४ सालको संविधानसभा सदस्य निर्वाचनमा अर्घाखाँचीबाट निर्वाचित भएर उनले संविधान निर्माणमा समेत भूमिका खेलिन् । त्यसेबला उनले संविधान मस्यौदा समितिमा रहेर काम गरिन् । २०६३ सालको अन्तरिम संविधान मस्यौदा समितिमा समेत कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्दै भूमिका निर्वाह गरेकी नेता हुन् भुसाल ।

Related posts

चीनले बनाएकाे गठबन्धनमा सहभागी उपेन्द्र यादवको विरोध गर्नु जनताको हक हाे : विपी यादव

MadhesKhabar

जसपा–एमाले मिल्दा पर्सा १ मा विपक्षीहरुको सात्तो उडेको छ : प्रदीप यादव

MadhesKhabar

संविधान त्रुटीपूर्ण रहेकाले संशोधन हुनुपर्छ : उपेन्द्र यादव

MadhesKhabar

Leave a Comment