Madhes Khabar
राजनीति हेडलाइन

रामचन्द्र पौडेल बने गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति : कामु प्रधानन्यायाधीश कार्कीबाट लिए शपथ

काठमाडौं,२९फागुन :राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन्। कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति पौडेलले शपथ ग्रहण गरेका हुन्।

सोमबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा पौडेलले कार्कीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्।

शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,राष्ट्रियसभाका अध्यक्ष गणेशप्रमासद तिमिल्सिना तथा अन्य विशिष्ट व्यक्तिहरूको उपस्‍थिति रहेको छ।

राष्ट्रपति पौडेल फागुन २५ गते बिहीबार राष्ट्रपति पदमा निर्वाचत भएका हुन्। नेकपा एमालेका उम्‍मेदवार सुवास नेम्बाङलाई पराजित गर्दै पौडेल राष्ट्रपतिमा निर्वाचित भएका हुन्।

उनले ३३ हजार ८ सय २ मतभार प्राप्‍त गरेका थिए भने उनका प्रतिस्प्रधी एमालेका नेम्बाङले १५ हजार ५ सय १८ मतभार प्राप्त गरेका थिए।

उनका कार्याकाल पाँच वर्षको हुनेछ।साभार:अन्नपूर्ण पाेष्ट

Related posts

जगरनाथपुर गाँउपालिकाको पहिलो प्राथमिकतामा कृषि र किसान : अध्यक्ष यादव

MadhesKhabar

चुनाव जिते आफु मुख्यमन्त्री बन्ने पक्का रहेको कुर्मीको दाबी

MadhesKhabar

पटेर्वा सुगौली गाँउपालिकाको वडाहरुमै स्थापना गरियो ‘ मेलमिलाप केन्द्र ’

MadhesKhabar

Leave a Comment