Madhes Khabar
राजनीति

प्रचण्ड विरूद्ध सर्वोच्च अदालतमा रिट दायर

काठमाडौं,२३फागुनः प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ विरूद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। रिट निवेदक अधिवक्ता ज्ञानेन्द्रराज आरणले मंगलबार बिहान सर्वोच्च पुगेर प्रचण्डविरुद्ध रिट दायर गरेका हुन्।

गत शुक्रबार न्यायायाधीश ईश्वर खतिवडा र हरिप्रसाद फुयालको संयुक्त इजलासले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डविरुद्ध अदालतमा मुद्दा दर्ता गर्न सर्वोच्च प्रशासनलाई आदेश दिएको थियो।

अधिवक्ता आरणले द्वन्द्वकालीन मुद्दालाई लिएर प्रचण्डविरूद्ध फौजदारी अभियोगमा छानबिन र कारवाही हुनुपर्ने आदेश माग गर्दै सर्वोच्चमा रिट दिएका हुन्।

सर्वोच्च अदालतका सह प्रवक्ता देवेन्द्र ढकालले अधिवक्ता आरणले प्रचण्डविरूद्ध दिएको रिट दर्ता भएको र बिहीबारका लागि पेशी तय भएको जानकारी दिए।

१ माघ २०७६ मा माघीका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा प्रचण्डले युद्धमा १७ हजार मारिएका र त्यसमध्ये ५ हजार माओवादीले मारेको र त्यसको जिम्मा आफूले लिने अभिव्यक्ति दिएका थिए। त्यही अभिव्यक्तिलाई लिएर प्रचण्डविरूद्ध छानबिन गरी कारबाही गर्नुपर्ने माग गर्दै अधिवक्ता आरण र बुढाथोकी रिट लिएर सर्वोच्च गएका थिए।

उनीहरुले ‘प्रचण्ड’विरुद्ध दायर गरेको रिट सर्वोच्च अदालतका रजिष्ट्रारले दर्ता गर्न नमिल्ने भन्दै दरपीठ गरिदिएको थियो। त्यसपछि सर्वोच्च प्रशासनको दरपिठ गर्ने निर्णयविरुद्ध अधिवक्ताद्वयले सिधै सर्वोच्चको इजलासमा निवेदन दिएका थिए।

अधिवक्ता आरणका बुवा टीकाराजलाई तत्कालीन विद्रोहीले अपहरण गरी हत्या गरेका थिए। त्यस्तै अधिवक्ता बुढाथोकीका बुवा भुवानसिंह विस्थापित बनाएका थिए।

सर्वोच्चले प्रचण्डविरूद्ध मुद्दा दर्ता गर्न आदेश दिएपछि माओवादीमा हलचल भएको छ। प्रचण्डविरुद्ध मु्द्दा दर्ता गर्ने सर्वोच्च अदालतको आदेशप्रति माओवादी केन्द्रले आपत्ती समेत जनाएको छ। साभार : अन्नपूर्णपोष्ट

Related posts

वीरगन्जमा जसपाको लहर : गेट ग्रिल उधोग संघका अध्यक्ष सहित दर्जनौ जसपा प्रवेश

MadhesKhabar

मधेसलाई उपेक्षा गरिएकाे बजेट पारित हुन दिन्नाै: उपेन्द्र यादव

MadhesKhabar

कांग्रेसको लोकतान्त्रिक अपांग महासंघको अध्यक्षमा गगन थापानिकट चम्लागाईं विजयी

MadhesKhabar

Leave a Comment