Madhes Khabar
राजनीति

आन्दोलनका लागि तयार रहन कार्यकर्तालाई जनमत पार्टीको निर्देशन

फाइल तस्बिर ।

काठमाडौं,४कार्तिकः डा. सिके राउत नेतृत्वको जनमत पार्टीले आन्दोलनका लागि तयार रहन पार्टीका नेताकार्यकर्तालाई निर्देशन दिएको छ ।

आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालयको बैठकले देशको विषम राजनितिक परिस्थिती रहेको निष्कर्ष निकाल्दै पार्टीको सबै तहका संगठनलाई आन्दोलनको लागि तयार रहन निर्देशन दिने निर्णय गरेको जनमत पार्टीका प्रवक्ता शरदसिंह यादवले जानकारी दिए ।

बैठकले मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनका लागि जनमत पार्टीले १४ कात्तिकसम्म उम्मेदवारको नाम केन्द्रीय सचिवालयमा पठाउन निर्वाचन परिचालन समितिलाई निर्देशनपनि दिएको छ ।

Related posts

७ दलका प्रदेश सांसदहरु मधेस भवन अगाडि धर्नामा

MadhesKhabar

जनमत पार्टीको पर्सा जिल्ला संयोजकमा ओमप्रकाश सर्राफ

MadhesKhabar

हिम्मत भए दरबार हत्याकाण्डमा पूर्वराजालाई जेलमा काेच्न राप्रपा अध्यक्ष लिङ्देनकाे चुनाैती

MadhesKhabar

Leave a Comment