Madhes Khabar
राजनीति

सुशीला कार्कीकाे नाममा बालेन शाहकाे समर्थन

काठमाडौं,२५भदाैं: नयाँ सरकारको नेतृत्वका लागि जेनजी पुस्ताले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रस्ताव गरेसँगै काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले पनि यसप्रति समर्थन जनाएका छन् । जेनजी अभियन्ता रक्षा बमले यसबारे जानकारी दिएकी हुन् ।

जेनजी पुस्ताहरूको बुधबार दिनभरको भर्चुअल बैठकले कार्कीको नाम पारित गरेको थियो । उनको नाममा सर्वाधिक प्रस्ताव आएको थियो । साथै प्रधानसेनापति अशाेकराज सिग्दृलसँग भेट्न गएका जेनजी टोलीले पनि कार्कीलाई नै अबको नेतृत्व दिन तयार रहेको जनाइएको छ ।

महानगरपालिका मेयर बालेनकाे सचिवालयले पनि यसबारे पुष्टि गरेको छ ।साभार:राताेपाटी

Related posts

संविधान दिवस : वीरगन्जमा विरोध प्रदर्शन गरेका जनमत पार्टीका अध्यक्ष सर्राफसहित ६ जना पक्राउ

MadhesKhabar

राजनीतिका दिग्गज पूर्वमन्त्री र पूर्वसांसदलाई हराउँदै रास्वपाका सुशील बने पर्सा जिल्लाकै कान्छो सांसद

MadhesKhabar

बारामा जसपाकाे जिल्ला कार्यसमिति गठन,अध्यक्षमा पटेल

MadhesKhabar

Leave a Comment