Madhes Khabar
राजनीति हेडलाइन

एमालेसंगको तालमेल बारे जसपाका शीर्ष नेताहरु बिच मतभिन्नता

मधेसखबर
वीरगन्ज, २०मंसिर : गत आइतबार बिराटनगरमा सन्चारकर्मीसंगको साक्षात्कारमा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले चुनावका बेला नेकपा एमालेसँग गरिएको सहकार्य सकिएको घोषणा गरे । अध्यक्ष यादवको उक्त घोषणाले नेपालको राजनीति वृतमा निक्कै चर्चा पनि पायो । चुनावमा एमालेसंग गरिएको सहकार्य सकिएको यादवको घोषणाले उनि अब पुन सरकारमा भाग खोज्न पाँच दलीय गठबन्धन तिरै टाँसिन खोजेका हुन् भन्ने टिप्पणीहरु पनि गरिए ।

यादवको उक्त घोषणाको चर्चा सेलाउन नपाउदै जसपाका संघीय परिषद अध्यक्ष अशोक राइले भने एमालेसंगको सहकार्य नसकिएको अभिव्यक्ति दिदा यसले राजनीति वृतमा फेरि अर्को तरंग पैदा भएको छ ।

मंगलबार अनलाइनखबरले प्रकाशन गरेको अन्र्तवर्तामा जसपाका संघीय परिषद अध्यक्ष राइले दिएको अभिव्यक्तिले अब बन्ने नयाँ सरकारमा सहभागीताको विषयलाई लिएर जसपा भित्रै मतभिन्नता देखिएको खुलाशा पनि भएको छ ।

एमालेसँगको तालमेल सकिएको भनेर अध्यक्ष यादवले दिएको अभिव्यक्तिबारे राखिएको जिज्ञासामा संघीय परिषद अध्यक्ष राइले भनेका छन् ,‘ त्यो उहाँको (अध्यक्ष उपेन्द्र यादवको) व्यक्तिगत धारणा हो । किनभने चुनावका बेला एमाले अध्यक्ष केपी ओलीसंग उहाँले नै सही गर्नु भएको कागजमा निर्वाचन पछि पनि यो तालमेल जारी रहन्छ भन्ने कुरा उल्लेख भएको छ ।’

राइले भनेका छन् ,‘ त्यो अहिलेलाई उहाँको व्यक्तिगत नै कुरा हो । किनभने हाम्रोबीचमा बैठक बसेर छलफल भएको छैन । एमालेसँग भएको सहमति पत्रमा उल्लेख भएको कुरा के हो भने निर्वाचनको तालमेल र निर्वाचन पछिको तालमेल जारी राख्ने भन्ने कुरा हो । त्यस आधारमा मैले भन्न खोजेको हो ।

जसपाका यी दुइ शीर्ष नेताको फरक फरक अभिव्यक्तिले अब बन्ने नयाँ सरकारमा जसपाले काँग्रेस नेतृत्वको गठबन्धन वा एमालेसंगको सहकार्यलाइ निरन्तरता ? मध्ये कुन रोज्नेछ भन्ने अन्यौल देखिएको छ ।

Related posts

वीरगन्जमा ‘गौरैया बचाउ अभियान’ सुरु

MadhesKhabar

चुनावी वाचा पुरा गर्दै मेयर सिंह : घरदैलोमै डाक्टर र ल्याब सहितको निशुल्क उपचार सेवा

MadhesKhabar

राप्रपामा प्रवेश गर्ने रविन्द्र मिश्रको तयारी, लिङ्देन सरहको अध्यक्षको प्रस्ताव

MadhesKhabar

Leave a Comment