Madhes Khabar
राजनीति हेडलाइन

एमालेसंगको तालमेल बारे जसपाका शीर्ष नेताहरु बिच मतभिन्नता

मधेसखबर
वीरगन्ज, २०मंसिर : गत आइतबार बिराटनगरमा सन्चारकर्मीसंगको साक्षात्कारमा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले चुनावका बेला नेकपा एमालेसँग गरिएको सहकार्य सकिएको घोषणा गरे । अध्यक्ष यादवको उक्त घोषणाले नेपालको राजनीति वृतमा निक्कै चर्चा पनि पायो । चुनावमा एमालेसंग गरिएको सहकार्य सकिएको यादवको घोषणाले उनि अब पुन सरकारमा भाग खोज्न पाँच दलीय गठबन्धन तिरै टाँसिन खोजेका हुन् भन्ने टिप्पणीहरु पनि गरिए ।

यादवको उक्त घोषणाको चर्चा सेलाउन नपाउदै जसपाका संघीय परिषद अध्यक्ष अशोक राइले भने एमालेसंगको सहकार्य नसकिएको अभिव्यक्ति दिदा यसले राजनीति वृतमा फेरि अर्को तरंग पैदा भएको छ ।

मंगलबार अनलाइनखबरले प्रकाशन गरेको अन्र्तवर्तामा जसपाका संघीय परिषद अध्यक्ष राइले दिएको अभिव्यक्तिले अब बन्ने नयाँ सरकारमा सहभागीताको विषयलाई लिएर जसपा भित्रै मतभिन्नता देखिएको खुलाशा पनि भएको छ ।

एमालेसँगको तालमेल सकिएको भनेर अध्यक्ष यादवले दिएको अभिव्यक्तिबारे राखिएको जिज्ञासामा संघीय परिषद अध्यक्ष राइले भनेका छन् ,‘ त्यो उहाँको (अध्यक्ष उपेन्द्र यादवको) व्यक्तिगत धारणा हो । किनभने चुनावका बेला एमाले अध्यक्ष केपी ओलीसंग उहाँले नै सही गर्नु भएको कागजमा निर्वाचन पछि पनि यो तालमेल जारी रहन्छ भन्ने कुरा उल्लेख भएको छ ।’

राइले भनेका छन् ,‘ त्यो अहिलेलाई उहाँको व्यक्तिगत नै कुरा हो । किनभने हाम्रोबीचमा बैठक बसेर छलफल भएको छैन । एमालेसँग भएको सहमति पत्रमा उल्लेख भएको कुरा के हो भने निर्वाचनको तालमेल र निर्वाचन पछिको तालमेल जारी राख्ने भन्ने कुरा हो । त्यस आधारमा मैले भन्न खोजेको हो ।

जसपाका यी दुइ शीर्ष नेताको फरक फरक अभिव्यक्तिले अब बन्ने नयाँ सरकारमा जसपाले काँग्रेस नेतृत्वको गठबन्धन वा एमालेसंगको सहकार्यलाइ निरन्तरता ? मध्ये कुन रोज्नेछ भन्ने अन्यौल देखिएको छ ।

Related posts

स्वतन्त्र उम्मेद्वार रुपेशमानको पक्षमा मतदाता आफैँ गर्दैछन् ठाउँ ठाउँमा भेला

MadhesKhabar

पार्टी छोडेकाहरुलाई फर्केर आउन उपेन्द्र यादवको आग्रह

MadhesKhabar

मधेसलाई स्वायत्त प्रदेश घोषणा गर्न माग गर्दै जनमत पार्टीको प्रदर्शन

MadhesKhabar

Leave a Comment