Madhes Khabar
राजनीति

बजार छपकैयामा राप्रपा उम्मेदवार नरेश साहको चुनावी घरदैलो

मधेसखबर
वीरगन्ज,२३ कार्तिक : पर्सा क्षेत्र नम्बर २ का राप्रपाबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार नरेश कुमार साहले बुधबार व्रिगन्ज महानगरपालिका वडा नम्बर १ बजार पछपैयामा चुनावी घरदैलो गरेका छन् ।

वडा नम्बर १ बजार छपकैयामा चुनावी घरदैलो गर्न पुगेका उम्मेदवार साहलाई स्थानीय मतदाताहरुले स्वागत गर्दै हिन्दु राष्ट्र र राजतन्त्रको पुनःस्थापना तथा संघियता खारेजीको मूल नारा बोकेको राप्रपालाई नै मत दिने आश्वासन दिएका छन् ।

मतदाताहरुसंग भेट्दै राप्रपाका प्रतिनिधि सभा सदस्य उम्मेदवार साहले काँग्रेस , कम्युनिष्ट र मधेसी दलले जनतालाई ठगेको र देशलाई पनि कंगाल बनाएको भन्दै जनता अब सचेत हुनु पर्ने बताए ।उनले जबरजस्ति लादिएको संघीयताले देशको अर्थतन्त्र जर्जर अवस्थामा पुगेको र धर्मनिरपेक्ष राष्ट्र घोषणाले नेपालको पहिचान नै ओझेलमा परेकाले यी मुद्धा सम्बोधनका लागि राप्रपालाई मत दिन आग्रह गरे ।

उनले अहिले सम्म शासन सत्तामा रहेका दल र नेताहरुले भ्रष्टाचार गरेर देशलाइ कंगाल बनाउनु बाहेक केही नगरेको भन्दै अब भने ती भ्रष्टाचारी दल र नेताहरुको दिन सकिन लागेको बताए ।

चुनावी घरदैलो कार्यक्रममा प्रदेशसभा सदस्यका उम्मेदवार प्रमानन्द साह कानु , राप्रपाका नेता केपी शर्मा , युवा नेता विराज यादव , प्रशान्त दुवे लगायतको सहभागीता थियो ।

Related posts

मन्त्रालयलाई नटेरेपछि जीतपुरसिमराकी प्रमुख प्रशासकीय अधिकृतको अमेरिका भ्रमण रद्द गर्‍यौं :मन्त्री गुप्ता

MadhesKhabar

टिकट नपाएपिछ जसपा केन्द्रीय सदस्य बेगमले पनि दिइन् स्वतन्त्र उम्मेदवारी

MadhesKhabar

नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा दिइएको निवेदन अवैधानिक : जसपा नेपाल

MadhesKhabar

Leave a Comment