Madhes Khabar
राजनीति

नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा दिइएको निवेदन अवैधानिक : जसपा नेपाल

काठमाडौं,२४बैशाखः उपेन्द्र यादव अध्यक्ष रहेको जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी विभाजनका लागि निर्वाचन आयोगमा केहि सांसदले दिएको निवेदनलाई अवैधानिक भनेको छ ।

आइतबार अशोक राईको समूह जसपा विभाजन र नयाँ दल दर्ताको निवेदन लिएर निर्वाचन आयोग पुगेको थियो ।सोमबार जसपा नेपालका प्रवक्ता मनीषकुमार सुमनले विज्ञप्ति जारी गर्दै अवैधानिक निवेदनका आधारमा दल विभाजन नहुने जिकिर गरेका हुन् ।

‘संसद् अधिवेशन आह्वान भइसकेको र दल विभाजनसम्बन्धी अध्यादेश खारेज रहेको साथै बहुमत केन्द्रीय सदस्य यस दलप्रति नै प्रतिबद्ध रहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्तो अवस्थामा केही विभाजित मनस्थितिका व्यक्ति निर्वाचन आयोगमा गई अवैधानिक निवेदन दिएका आधारमा दल विभाजन हुने अवस्था नरहेको अनुरोध छ ।’

आइतबार जसपा विभाजन गर्ने गरी अशोक राई, प्रदीप यादवसहितका ७ सांसदले दिएको निवेदन निर्वाचन आयोगमा दर्ता भएको थियो ।साभारः अनलाइनखबरबाट

Related posts

संविधान पुनर्लेखन गर्नुपर्छ : उपेन्द्र यादव

MadhesKhabar

धोबीनी गाँउपालिका उपाध्यक्षमा पत्रकार आर के पटेलको उम्मेदवारी

MadhesKhabar

मधेस सरकारको १०० दिनको उपलब्धि : पोखरियासहितका अस्पतालमा ४०० बढी दरबन्दी सृजना

MadhesKhabar

Leave a Comment