Madhes Khabar
राजनीति हेडलाइन

टिकट नपाएपिछ जसपा केन्द्रीय सदस्य बेगमले पनि दिइन् स्वतन्त्र उम्मेदवारी

मधेसखबर
वीरगन्ज ,२३ असाेज : जसपाकि केन्द्रीय सदस्य करिमा बेगमले पार्टीले टिकट नदिएपछि प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएकि छन् ।

उनले पर्साकाे निर्वाचन क्षेत्र नम्बर २ काे (ख) बाट उम्मेदवारी दर्ता गराएकि हुन् ।

२०६४ काे पहिलाे संविधानसभा निर्वाचनमा पर्सा क्षेत्र नम्बर १ बाट संविधानसभा सदस्यमा निर्वाचित भएकी बेगम , २०७४ काे निर्वाचनमा समानुपातिक तर्फ प्रदेशसभा सदस्यमा निर्वाचित भएकि थिइन् ।
आगामि मंसिर ४ काे निर्वाचनमा जसपा जिल्ला कार्यसमितिले बेगमकाे नाम पर्सा क्षेत्र नम्बर २ काे प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष तर्फ सिफारिस पनि गरेकाे थियाे ।तर जसपा एमाले गठबन्धनबाट याे क्षेत्रमा जसपाका सुरेन्द्र कुर्मीले टिकट पाएका छन् ।

आईतवार प्रदेशसभा सदस्यमा उम्मेदवारी दर्ता पछि सन्चारकर्मीलाई प्रतिक्रिया दिदै बेगमले पार्टीले आफुलाई टिकट नदिएपछि जनताकाे चाहना अनुसार जसपा त्यागेर स्वतन्त्र उम्मेदवारी दिएकाे बताइन् ।

Related posts

काँग्रेस उम्मेदवार रिजाललाई ठोरीमा भव्य स्वागत

MadhesKhabar

उपेन्द्र यादवको जसपा नेपालले कीर्तिपुरको मेयरमा तेस्रो लिंगी हनिलाई बनायो उम्मेदवार

MadhesKhabar

काठमाडौंमा राजेन्द्र महताेले गरेकाे प्रदर्शनमा प्रहरीसंग झडप

MadhesKhabar

Leave a Comment