Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

हिन्दु स्वयंसेवक संघले दिपावलीमा ड्युटीमा रहेका प्रहरी र अस्पतालका बिरामीलाई मिठाइ बाँड्यो

वीरगन्ज,५कात्तिकःदिपावलीको उपलक्ष्यमा हिन्दु स्वंयसेवक संघले प्रहरी,अस्पतालका बिरामी,सडकमा बस्दै असहाय व्याक्तिहरुलाई मिठाई बाँडेको छ ।

हिन्दु स्वंयसेवक संघ वीरगन्जले लक्षमी पूजाका दिनदेखि मंगबारसम्म वीरगन्जका विभिन्न स्थानमा पुगेर प्रहरी,अस्पतालका बिरामी,सडकमा बस्दै असहाय व्याक्तिहरुलाई मिठाई बाँडेको हो ।

दिपावलीका बेला घर नगई जनताको सुरक्षामा खटिएका प्रहरी, अस्पतालमा उपचाररत बिरामी र उनिहरुका कुरुवा, सडकमा बास बस्दै आएका गरिब तथा विपन्नहरुलाई मिठाइ बाँडिएको हिन्दु स्वयंसेवक संघले जनाएको छ ।

हिन्दु धर्म, संस्कार र संस्कृतिको संरक्षण गर्न सदा तत्पर रहदैं आएको हिन्दु स्वयंसेवक संघले चाडबाडमा एकता र सहयोगको सन्देश फैलाउने उदेश्यका साथै दिपावलीमा घर जना नसकेकाहरुलाई थोरै भएपनि खुशी दिने उदेश्यले मिठाइ बाँडिएको संघको भनाई छ ।

Related posts

इस्लाम धर्मावलम्बीहरुले आज बकर ईद पर्व मनाउँदै

MadhesKhabar

वीरगन्जमा भव्य रुपमा मनाइयो शिरडी साई बाबा मन्दिरको वार्षिक उत्सव

MadhesKhabar

मधेस खबरकी सम्पादक माधुरी महतो पूर्वराष्ट्रपति विद्या भण्डारीबाट सम्मानित

MadhesKhabar

Leave a Comment