वीरगन्ज,५कात्तिकःदिपावलीको उपलक्ष्यमा हिन्दु स्वंयसेवक संघले प्रहरी,अस्पतालका बिरामी,सडकमा बस्दै असहाय व्याक्तिहरुलाई मिठाई बाँडेको छ ।
हिन्दु स्वंयसेवक संघ वीरगन्जले लक्षमी पूजाका दिनदेखि मंगबारसम्म वीरगन्जका विभिन्न स्थानमा पुगेर प्रहरी,अस्पतालका बिरामी,सडकमा बस्दै असहाय व्याक्तिहरुलाई मिठाई बाँडेको हो ।
दिपावलीका बेला घर नगई जनताको सुरक्षामा खटिएका प्रहरी, अस्पतालमा उपचाररत बिरामी र उनिहरुका कुरुवा, सडकमा बास बस्दै आएका गरिब तथा विपन्नहरुलाई मिठाइ बाँडिएको हिन्दु स्वयंसेवक संघले जनाएको छ ।
हिन्दु धर्म, संस्कार र संस्कृतिको संरक्षण गर्न सदा तत्पर रहदैं आएको हिन्दु स्वयंसेवक संघले चाडबाडमा एकता र सहयोगको सन्देश फैलाउने उदेश्यका साथै दिपावलीमा घर जना नसकेकाहरुलाई थोरै भएपनि खुशी दिने उदेश्यले मिठाइ बाँडिएको संघको भनाई छ ।

