Madhes Khabar
स्थानिय हेडलाइन

मधेस खबरकी सम्पादक माधुरी महतो पूर्वराष्ट्रपति विद्या भण्डारीबाट सम्मानित

वीरगन्ज,१५ भदौं : मधेस खबर अनलाइन न्युज पोर्टलकी सम्पादक माधुरी महतो पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित भएकी छन् ।

वीरगन्जमा शनिबार वीरगन्ज उद्योग वाणिज्य संघले आयोजना गरेको ‘वृहत महिला सम्मेलन २०८२’ मा पूर्वराष्ट्रपति भण्डारीले बीबीसी नेपाली सेवाकी पत्रकारसमेत रहेकी महतोलाई दोशल्ला ओढाएर कदरपत्र प्रदान गरी सम्मानित गरेकी हुन् ।

नारी शक्ति समर्पण र सम्मान भन्ने नाराका साथ आयोजना गरीएको सम्मेलनमा विभिन्न क्षेत्रमा विगत लामो समयदेखी समाजका लागि आ–आफ्नै क्षेत्रबाट अहम् भुमिका निर्वाह गरेका पर्सा र बाराका २५ जना महिलाहरुलाई दोशल्ला ओढाएर कदरपत्रले सम्मानति समेत गरेकी हुन् ।

त्यसअवसरमा पूर्वराष्ट्रपति भण्डारीले बारा र पर्सा क्षेत्रका महिलाहरु उद्योग, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा क्रियाशील महिला शक्ति केवल परिवारको हिस्सा मात्रै नभई सम्पूर्ण समाजको प्रगतिको आधार पनि रहेकाले त्यस्ता २५ जना महिलालाई खोजी गरी सम्मान गरेको भन्दै आयोजक वीरगन्ज उद्योग वाणिज्य संघललाई धन्यवाद समेत दिइन् ।

 

Related posts

एन्जल बसका चालक स्व. महतोका दुई छोराको १२ कक्षासम्म निःशुल्क पढ्ने व्यवस्था मेयर सिंहले मिलाए

MadhesKhabar

सरकारले बढायाे डिजेल र पेट्रोलकाे मूल्य, वीरगन्जमा कति पुग्याे ?

MadhesKhabar

महिला सेवाग्राहीको बढी चाप हुने वीरगन्जका दुई सरकारी कार्यालयमा स्तनपान कक्ष सञ्चालन

MadhesKhabar

Leave a Comment