Madhes Khabar
धर्म/संस्कृति

वीरगन्जमा भव्य रुपमा मनाइयो शिरडी साई बाबा मन्दिरको वार्षिक उत्सव

वीरगन्ज,६कार्तिकःवीरगन्जमा अवस्थित श्री शिरडी साई बाबा मन्दिर सेवा ट्रष्टको छैठौं वार्षिक उत्सव मंगलबार धुमधामका साथ मनाइएको छ ।

वीरगन्जको गीतामन्दिर रोडकमा अवस्थित श्री शिरडी साई बाबा मन्दिर सेवा ट्रष्टको छैठौं वार्षिक उत्सव मनाउने क्रममा मंगलबार बिहान पालकी शोभा यात्रा निकालिएको थियो ।

मन्दिर अगाडिबाट निकालिएको पालकी शोभा यात्रामाईस्थान,आदर्शनगर,अलखीयामठ चोक,घडिअर्वा पोखरी हुदैं पुन मन्दिरमा फर्किएको थियो ।त्यसपछि मन्दिरमा पूजाअर्चना,जोत कार्यक्रम सम्पन्न गरिएपछि भक्तजनहरुलाई महाप्रसाद वितरण गर्नुका साथै भण्डारापनि सञ्चालन गरिएको शिरडी साई बाबा मन्दिर सेवाका प्रमुख संरक्षक निरजकुमार सर्राफले जानकारी दिए ।

महाप्रसाद वितरणपछि मन्दिर पसिरमै सत्संग एंव भजनकीर्तनकोपनि आयोजना गरिएको ट्रष्टका उपाध्यक्ष प्रवेश सर्राफले जानकारी दिए । ट्रष्टका अध्यक्ष हिरा साह कानुले वीरगन्जमा अवस्थित शिरडी साई बाबा मन्दिर सेवा ट्रष्टले आफनो स्थापनाको हरेक वर्ष वार्षिक उत्सव धुमधामकासाथ मनाउँदै आएको बताए ।

Related posts

बडा दशैंको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा गरिँदै

MadhesKhabar

आज यमपञ्चककाे तेस्राे दिन लक्ष्मी पूजा मनाइदैं

MadhesKhabar

वीरगन्जमा हिन्दु स्वयंसेवक संघलेपनि मनायो गुरु पुर्णिमा उत्सव

MadhesKhabar

Leave a Comment