Madhes Khabar
राजनीति हेडलाइन

पार्टीलाई चुस्त बनाउन वडाको बुथ समितिसम्म अभियान चलाउने लोसपाको निर्णय

वीरगन्ज,२० भदौं : लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले वडाको बुथ कमिटीसम्म पार्टीको संगठन सुदृढीकरण गर्न समीक्षा र सुधार अभियान चलाउने भएको छ ।

मंगलबार जनकपुरमा पत्रकार सम्मेलन गरेर लोसपाका मधेस प्रदेश अध्यक्ष जितेन्द्र सोनलले सोमबार महोत्तरीको बर्दिबासमा बसेको लोसपा मधेस प्रदेशको विस्तारित बैठकले उक्त अभियान चलाउने निर्णय गरेको जानकारी दिएका हुन् ।

सोनलले पार्टीको संगठन चुस्त दुरुस्त बनाउन सुरक्षा र सुधार अभियान चलाउने निर्णय भएको बताए । उक्त अभियानमा पार्टीका नेताहरू पालिका, त्यसको वडा र वडाको बुथ समितिसम्म भ्रमण गर्ने र जिल्ला, निर्वाचन क्षेत्र तथा पालिका स्तरको बैठक बसेर संगठनको समीक्षा तथा सुधारका विषयमा गहन छलफल गर्ने सोनलले बताए ।

विस्तारित बैठकमा केन्द्रीय समिति विस्तार गर्ने विषयमा पनि छलफल भएको उनले जानकारी दिए । संशोधित नागरिकता विधेयक पारित भएर जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता पाएपनि नियमावली नबन्दा आमाको नामबाट नागरिकता पाउन समस्या भइरहेको सोनलले बताए ।अविलम्ब नियमावली बनाएर आमाको नामबाट नागरिकता बनाउने व्यवस्था गर्न उनले माग गरे ।

चुरेको विनाशले मधेसमा मरुभूमिकरणको जोखिम बढेको भन्दै सोनलले अविलम्ब तीनै तहको सरकारले चुरे संरक्षण र मरुभूमिकरणबाट बच्ने स्थायी समाधान खोज्नुपर्ने पनि उनले बताए ।

सोनलले प्रहरी समायोजन÷समन्वय ऐन प्रमाणीकरण भए पनि कार्यान्वयन नहुँदा प्रदेश सरकार कमजोर देखिएको र संघीयता माथि नै प्रश्न चिन्ह उठेको भन्दै संविधानले सुनिश्चित गरेको उक्त ऐन कार्यान्वयनका लागि माग गर्नेपनि बताए ।

Related posts

त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरको स्ववियु सभापतिमा नेविसंघका जोशी विजयी

MadhesKhabar

वीरगन्जमा एकैदिन २ करोड भन्दा बढिको सामान सहित तीन वटा गाडी पक्राउ

MadhesKhabar

पर्साका कांग्रेस प्रदेश सांसदद्धय पटेल र चौधरी बने प्रदेश सरकारमा मन्त्री

MadhesKhabar

Leave a Comment