Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

वीरगन्जमा हिन्दुवादीहरुकाे प्रदर्शन, बजार बन्द,ठाँउ ठाँउमा झडप

वीरगन्ज,७फाल्गुन:वीरगन्जमा साेमबार हिन्दुवादीहरुले प्रदर्शन गर्दै बजार बन्द गराएकाे छ।

राैतहटकाे ईशनाथ नगरपालिकाकाे घिउडा गाँउमा सरस्वतीकाे मुर्ति सेलाउने विषयलाई लिएर हिन्दु र मुस्लिम समुदायबिच पाँच दिनदेखी जारी विवादलाई लिएर वीरगन्जमा साेमबार हिन्दुवादीहरुले प्रदर्शन गर्दै बजार बन्द गराएका हुन् ।

त्यसक्रममा बजार बन्द गराउँदै हिडेका हिन्दुवादी र प्रहरीबिच ठाँउ ठाँउमा झडप भएकाे छ ।यस्तै हिन्दुहरुले निकालेकाे विराेध जुलुशमा मुस्लिम समुदायका एक समुहले अवरोध गर्न खाेज्दा प्रहरीले हस्तक्षेप गरेर स्थिति नियन्त्रणमा लिएको छ।

अहिलेपनि वीरगन्जकाे मुख्य बजारकाे अवस्था तनावपूर्ण नै रहेकाे छ।चाेक चाेकमा हिन्दुवादी र मुस्लिमहरु छुट्टाछुट्टै भेला भएर बसेपछि ठूलाे संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।

हिन्दुवादीहरुले जुलुश निकालेर बजार बन्द गराउँदै हिडेपछि समुह बनाएर मुख्य सडकमा आएका मुस्लिम समुदायकाे एक समुहले आदर्शनगर र महावीरस्थानमा हिन्दु धर्मकाे झण्डा च्यात्न थालेपछि स्थिति तनावपूर्ण बनेकाे भएपनि प्रहरीले हस्तक्षेप गरेर नियन्त्रणमा लिएको प्रहरी निरीक्षक माेहनविक्रम केसीले जानकारी दिए ।

यस्तै हिन्दु समाजले राैतहट,महाेतरी लगायतका जिल्लामा हिन्दुमाथि अत्याचार भएकाे भन्दै त्यसमा संलग्नहरुलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापनपत्र बुझाएको छ।

Related posts

संकटा क्लब वीरगन्ज गोल्डकप फुटबलको सेमिफाइनलमा

MadhesKhabar

पर्साबाट तेस्रो पटक मन्त्री बन्ने पहिलो सांसद प्रदीप यादव

MadhesKhabar

हज गर्न मक्का मदिना जाने पर्साका हज यात्रीहरुलाई मेयर सिंहले गरे विदाई

MadhesKhabar

Leave a Comment