Madhes Khabar
धर्म/संस्कृति

विवाह स्थल बन्दै गढीमाई मन्दिर

तस्बिर :गोरखापत्रअनलाइन

बारा,२९जेठःपछिल्लो समय बाराको महागढीमाई नगरपालिका–१ स्थित गढीमाई मन्दिर विवाह स्थलका रूपमा पहिलो छनोटमा पर्न थालेको छ ।गढीमाई मन्दिरमा कम समय र कम खर्चमा विवाह सम्पन्न गर्न सकिने भएकाले पनि नेपाललगायत भारतका कतिपय जोडीले यहीँ आएर विवाह गर्न थालेका छन् ।

मधेस प्रदेशका बारा, पर्सा, रौतहटलगायतका भारतका बिहार राज्यका रक्सौल, आदापुर, छौडादानो, मोतीहारी, बनकटवा, घोडासाहनलगायतका ठाउँबाट बेहुला र बेहुली विहेका लागि आउने गरेको मन्दिरका पुजारी मंगल चौधरीले बताए।

नागरिक समाज बाराका अध्यक्ष उमेशलाल दासले मन्दिरमा विवाह गर्दा कम खर्च र समयमा सम्पन्न हुने भएकाले पनि स्थानीयको पहिलो छनोटमा मन्दिर परिसर पर्न थालेको बताए ।उनले भने, “यहाँ सबै वर्ग र जातिका मानिस आउन थालेका छन् ।” मूल पुजारी मंगल चौधरीले मन्दिरमा दैनिक चार÷पाँच वटा बिहे हुने गरेको बताए ।

यहाँ आएर विवाह गर्दा बेहुला पक्षबाट पाँच सय र बेहुली पक्षबाट तीन सय रुपियाँ आर्थिक सहयोगका रूपमा उठाउने गरेको गढीमाई विकास समितिले जनाएको छ । समितिका सदस्य हरेन्द्र साहले भने, “त्यति शुल्क तिरेपछि धर्मशाला, बिजुली, पानी र सुरक्षालगायतका सेवा उपलब्ध हुन्छन् ।”

त्यस्तै बिहे गराउने पुरोहितले भने एउटा बिहेका लागि एक हजारदेखि तीन हजार रुपियाँसम्म लिने गरेको शम्भु शुक्लाले बताए । साभारः गोरखापत्रअनलाइन

Related posts

अयोध्याको राम मन्दिरका मुख्य आचार्यले भने : वीरगन्जका मेयरको चर्चा अयोध्यासम्म पनि पुगेको छ

MadhesKhabar

आज सुर्य भगवान् र छठी माताकाे पूजा अर्चना गरेर हर्षाेल्लासका साथ छठ पर्व मनाइदैं

MadhesKhabar

‘गहवामाई रथयात्रा’ मा १ लाख बढी भक्तजन सहभागी हुने अनुमान, सुरक्षाकर्मी ‘हाइ अलर्ट’मा

MadhesKhabar

Leave a Comment