Madhes Khabar
राजनीति हेडलाइन

पर्साका सिंहासन सा कलवारसहित ५ सांसदकाे पद चैट

जनकपुर,२७कात्तिक : मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले पाँच जना सांसदलाई पदमुक्त गरेका छन्। नेपालको संविधानको धारा १८०(घ) बमोजिम प्रदेश सभामा लगातार १० वटा बैठकमा अनुपस्थित रहेको भन्दै सभामुख मण्डलले उनीहरूलाई पदमुक्त गरेका हुन्।

पदमुक्त हुनेमा नागरिक उन्मुक्ति पार्टीकी उर्मिला देवी सिंह, जनता समाजवादी पार्टी नेपालका मनिषकुमार सुमन, संजयकुमार यादव, सिंहासन सा कलवार र सारदा शंकर प्रसाद कलवार रहेका छन्।कलवार, २०७९ काे निर्वाचनमा पर्सा जिल्लाकाे क्षेत्र नम्बर ४ (ख)बाट निर्वाचित भएका थिए।

उनीहरूलाई कात्तिक २७ गतेदेखि लागू हुने गरी कारबाही गरिएको हो। ‘मिति २०८२ कात्तिक २७ गतेदेखि प्रदेशसभा सदस्यबाट पदमुक्त भएको हुँदा निजहरू प्रदेशसभा सदस्यहरूको स्थान रिक्त भएको व्यहोरा प्रदेशसभा कार्उ सञ्चालन नियमावली, २०७५ को नियम १८५ बमोजिम सम्बन्धित सबैको जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ।साभार:अन्नपूर्णपाेष्ट

Related posts

नारायणी अस्पतालमा ५०० बेडकाे भवन निर्माणका लागि माग गर्दै वीरगन्जमा जनमत पार्टीको प्रदर्शन

MadhesKhabar

पर्सा ३ मा डा. मधुलाई जिताउन जसपा–एमालेका नेता कार्यकर्ता एकजुट

MadhesKhabar

कांग्रेसले समानुपातिकमा १५ महिला र ५ जना पुरुष सांसदको नाम लगायो टुंगो

MadhesKhabar

Leave a Comment