Madhes Khabar
राजनीति

असंवैधानिक कदम चाल्ने राष्ट्रपतिले ठूलो मुल्य चुकाउनु पर्छ : युवा नेता लोकेश सिंह

मधेसखबर
वीरगन्ज,०८ असोज : नेपाली काँग्रेसका युवा नेता लोकेश सिंहले राष्ट्रपतिको पछिल्लो कदम संविधान माथिको ठाडो प्रहार भएको बताएका छन् ।

बाराको विश्रामपुर गाँउपालिका वडा नम्बर ४ मा शनिबार दशैं , तिहार र छठ पर्बको उपलक्ष्यमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै काँग्रेस युवा नेता सिंहले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान उल्लंघन गरेको बताए ।

संविधानको संरक्षक नै भक्षक बनेको भन्दै यसले लाखौ युवा युवतीहरु नागरिकताबाट बन्चित हुन पुगेको उनले बताए । उनले राष्ट्रपति भण्डारीले यो गैरसंवैधानिक कदमको ठुलो मुल्य चुकाउनु पर्ने चेतावनी पनि दिए ।

बारा क्षेत्र नम्बर ४ (ख)को काँग्रेस सभापति समेत रहेका सिंहले राष्ट्रपति भण्डारीले आफनो पदको गरिमा पनि राख्न नसकेर एमालेको गोटी बनेर पछिल्लो कदम चालेको आरोप पनि लगाए । उनले सत्ता गठबन्धन मुलुकको आवश्यकता भएको पनि बताए ।

संविधान र लोकतन्त्र विरोधीहरु अहिले पनि सल्बलाइरहेका कारण उनिहरुलाइ परास्त गर्न गठबन्धन मुलुकको आवश्यकता बनेको उनको जिकिर थियो । काँग्रेसबाट बारा ४ (ख) को प्रदेशसभा सदस्यको प्रत्यासी समेत रहेका सिंहले आगामी निर्वाचनमा गठबन्धनका उम्मेदवारलाइ विजयी बनाउन अपिल पनि गरे ।

विश्रामपुर गाउँपालिकाका काँग्रेसका कार्यवाहक सभापति रामान्द पालको अध्यक्षतामा भएको कार्यक्रममा नेताहरु लालबाबु सिंह ,अरुण दुबे, इच्छा वाग्ले,विजय गुप्ता, छविलाल शर्मा, राजकिशोर गुप्ता , उमेश साह लगायतको पनि सहभागीता रहेको थियोे ।

Related posts

पर्सा १ (ख) का युवा उम्मेदवार सर्राफ भन्छन् : मतदाताले मुख्यमन्त्री राउतकाे विकल्प खाेजिरहेका छन्

MadhesKhabar

राप्रपा अध्यक्ष लिङदेन भन्छन् : नेपाल धर्म निरपेक्ष राष्ट्र हुनुमा हिन्दुहरु पनि दोषी छन्

MadhesKhabar

मधेस आन्दोलनका सहिदकी आमालाई भेटेर जनमतका उम्मेदवार सर्राफले भने : सहिदका सपना अधुराे रहन दिन्न

MadhesKhabar

Leave a Comment