Madhes Khabar
राजनीति

असंवैधानिक कदम चाल्ने राष्ट्रपतिले ठूलो मुल्य चुकाउनु पर्छ : युवा नेता लोकेश सिंह

मधेसखबर
वीरगन्ज,०८ असोज : नेपाली काँग्रेसका युवा नेता लोकेश सिंहले राष्ट्रपतिको पछिल्लो कदम संविधान माथिको ठाडो प्रहार भएको बताएका छन् ।

बाराको विश्रामपुर गाँउपालिका वडा नम्बर ४ मा शनिबार दशैं , तिहार र छठ पर्बको उपलक्ष्यमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै काँग्रेस युवा नेता सिंहले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान उल्लंघन गरेको बताए ।

संविधानको संरक्षक नै भक्षक बनेको भन्दै यसले लाखौ युवा युवतीहरु नागरिकताबाट बन्चित हुन पुगेको उनले बताए । उनले राष्ट्रपति भण्डारीले यो गैरसंवैधानिक कदमको ठुलो मुल्य चुकाउनु पर्ने चेतावनी पनि दिए ।

बारा क्षेत्र नम्बर ४ (ख)को काँग्रेस सभापति समेत रहेका सिंहले राष्ट्रपति भण्डारीले आफनो पदको गरिमा पनि राख्न नसकेर एमालेको गोटी बनेर पछिल्लो कदम चालेको आरोप पनि लगाए । उनले सत्ता गठबन्धन मुलुकको आवश्यकता भएको पनि बताए ।

संविधान र लोकतन्त्र विरोधीहरु अहिले पनि सल्बलाइरहेका कारण उनिहरुलाइ परास्त गर्न गठबन्धन मुलुकको आवश्यकता बनेको उनको जिकिर थियो । काँग्रेसबाट बारा ४ (ख) को प्रदेशसभा सदस्यको प्रत्यासी समेत रहेका सिंहले आगामी निर्वाचनमा गठबन्धनका उम्मेदवारलाइ विजयी बनाउन अपिल पनि गरे ।

विश्रामपुर गाउँपालिकाका काँग्रेसका कार्यवाहक सभापति रामान्द पालको अध्यक्षतामा भएको कार्यक्रममा नेताहरु लालबाबु सिंह ,अरुण दुबे, इच्छा वाग्ले,विजय गुप्ता, छविलाल शर्मा, राजकिशोर गुप्ता , उमेश साह लगायतको पनि सहभागीता रहेको थियोे ।

Related posts

राजतन्त्रको वकालत गरिरहेका भारतीय मिडियालाई नेपालमा प्रतिबन्ध लगाउन कांग्रेसको माग

MadhesKhabar

बारामा आएर कांग्रेस महामन्त्री गगनले भने : सत्ता समीकरण फेरिदैन,१ वर्षमा संविधान संशोधन हुन्छ

MadhesKhabar

राप्रपाका वीरगन्ज महानगर अध्यक्ष सर्राफद्वारा राप्रपा पार्टी परित्याग

MadhesKhabar

Leave a Comment