Madhes Khabar
स्थानिय हेडलाइन

१७ वर्ष पहिलेको भ्रष्टाचारमा बाराका पूर्व गाविस सचिव अन्सारीविरूद्ध अदालतमा मुद्दा दायर

वीरगन्ज,७माघःबाराको साविकको आदर्श गाविस (हाल जीतपुरसिमरा उपमहानगरपालिका)का तत्कालीन गाविस सचिव आस महमद अन्सारीविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अन्सारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अन्सारीले ३८ लाख ३० हजार ५०० रुपैयाँ बराबरको आर्थिक हिनामिना गरेको ठहर भएकाले उनिविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका केन्द्रीय प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

अन्सारीले साविक साविकको आदर्श गा.वि.स. भवानीपुर जीतपुर (हाल जीतपुरसिमरा उपमहानगरपालिका) को स्वामित्वमा रहेको गुदरी बजार र मिना बजारका सटरहरु उपभोक्तालाई भाडामा लगाउँदा अपनाएको विधि पारदर्शी नभएको अख्तियारको आरोप छ ।
यस्तै सटरहरुबाट उपलब्ध भएको धरौटी वापतको रकमसँग सम्बन्धित कागजातहरु लुकाई बरबुझारथ समेत नगरेको र १२१ जना उपभोक्ताहरुबाट लिएको आर्थिक वर्ष २०६४/६५ को लेखापरीक्षण प्रतिवेदनमा उल्लेख भएबमोजिमको धरौटी बापतको ३८ लाख ३० हजार ५०० रुपैयाँ नबुझाएको अख्तियारको आरोप छ ।

Related posts

वीरगन्जमा सदभाव खल्बल्याउने घटनाकाे छानबिन गरि दाेषीलाई कारबाही गर्न मन्त्री गुप्ताको निर्देशन

MadhesKhabar

पर्सामा निकुञ्जले पालेकै हात्तीको आक्रमणबाट माउतेको मृत्यु

MadhesKhabar

६ वर्षदेखि रोकिएको मुआब्जा माग्दै सुख्खा बन्दरगाहमा फेरि धर्ना र प्रदर्शन

MadhesKhabar

Leave a Comment