Madhes Khabar
समाज हेडलाइन

विपी स्मृति दिवसमा पर्सा जिल्लाभर कांग्रेसले गर्यो वृक्षारोपण

वीरगन्ज, ६ साउन : नेपाली कांग्रेसका संस्थापक नेता स्वर्गीय विश्वेसर प्रसाद कोइरालाको ४१ औं स्मृति दिवसको अवसरमा शनिबार कांग्रेस पर्साले जिल्लाभरमा वृक्षारोपण कार्यक्रम गरेको छ ।

गत असार ११ गते बसेको कांग्रेस पर्साको जिल्ला कार्य समितिको बैठकको निर्णय अनुसार विपी स्मृति दिवसको अवसरमा शनिबार जिल्लाका सबै ११२ वडामा कांग्रेसले वृक्षारोपण गरेको कांग्रेसका जिल्ला उपसभापति रामनारायण कुर्मीले बताए ।

उनका अनुसार शनिबार जिल्लाका सबै १४ वटा पालिकाका ११२ वटै वडामा वृक्षारोपण गरिएको हो । हरेक वडामा कम्तिमा १ सय भन्दा बढी विरुवा रोप्ने कार्यक्रम अन्तर्गत शनिबार ११२ वटै वडामा कांग्रेस नेता कार्यकर्ताहरुले विभिन्न प्रजातिको विरुवा रोपेको कुर्मीले जानकारी दिए ।

यसैक्रममा वीरगन्ज महानगरपालिका वडा नम्बर १० मा पनि कांग्रेसको वडा कार्र्यसमितिको आयोजनामा वृक्षारोपण गरिएको छ । वडा नम्बर १० मा पर्ने बजरंग टोलस्थित मन्दिर परिसरमा विभिन्न प्रजातिका विरुवाहरु रोपिएको कांग्रेस बुथ सभापति रामनगीना प्रसाद कानुले बताए । कानुकै अध्यक्षतामा भएको वृक्षारोपण कार्यक्रमा प्रदेश सरकारका पुर्वमन्त्री ओमप्रकाश शर्मा ,कांग्रेस नेताहरु राकेश सिंह , नरेन्द्र साह , बैकुण्ठ श्रीवास्तव , मनोहर साह , सन्तोष देवी खतिवडा , रुपा श्रेष्ठ , हिरालाल साह कानु , दिपक साह लगायतको सहभागीता थियो ।

कांग्रेस पर्साले ४१ औं विपी स्मृति दिवस सप्ताह व्यापी रुपमा मनाउने निर्णय गरे अनुसार शनिबार पहिलोदिन वृक्षारोपण गरिएको कांग्रेस पर्साका उपसभापति कुर्मीले जानकारी दिए ।

दोश्रो दिन साउन ७ गतेदेखि हरेक वडामा संगठन सुदृढिकरण अभियान सञ्चालन गरिने पनि कुर्मीले जानकारी गराए । संगठन सुदृढिकरण अभियान साउन महिनाभरि चल्ने भन्दै कुर्मीले जसअन्तर्गत हरेक वडामा अगुवा कार्यकर्ता भेला गर्ने , वडा कार्य समितिको कार्यालय स्थापना गर्ने , वडा कार्यसमितिको नियमित बैठक गर्ने जस्ता कार्यक्रमहरु रहेको कुर्मीले बताए ।

 

 

Related posts

मितेरी पुलमा ट्रकको ठक्करबाट एक भारतीयको मृत्यु

MadhesKhabar

साहिब दरबारले वीरगन्जको लालपर्सामा बालबालिकालाई बाँड्याे स्कुल ब्याग

MadhesKhabar

गाँउपालिका अध्यक्ष र उपाध्यक्ष हराएकाे भन्दै बारामा युवाहरुकाे प्रदर्शन

MadhesKhabar

Leave a Comment