Madhes Khabar
शिक्षा हेडलाइन

समाचारकाे प्रभाव : पर्साकाे एक सरकारी स्कुलमा नेविसंघद्वारा पंखा सहयाेग

वीरगन्ज ,१८जेष्ठ : अत्याधिक गर्मीका कारण विद्यार्थी कक्षाकाेठामै बेहाेश भई बिरामी पर्न थालेकाे समाचार प्रकाशन भएपछि नेविसंघ पर्साले पर्साकाे ग्रामीण भेगकाे एक सामुदायिक विद्यालयलाई पंखा सहयाेग गरेकाे छ ।

मधेसखबर डटकममा बुधबार पर्साका सरकारी विद्यालयमा पंखा नहुदाँ गर्मीले विद्यार्थीहरु कक्षाकाेठामै बेहाेश हुन थालेकाे समाचार प्रकाशन गरेकाे थियाे ।

मधेसखबर डटकमकाे त्यहि समाचार पढेपछि नेविसंघ पर्साका सभापति रमेश यादवले बिहीबार पर्साकाे पटेर्वासुगाैली गाँउपालिका ४ भताैडास्थित वनदेवी आधारभुत विद्यालयमा ४ थान विद्युतीय पंखा सहयाेग गरेका हुन् । बिहीबार विद्यालयमै पुगेर यादवले विद्यालयका प्रधानाध्यापक सुभाष प्रसाद दास र विद्यालय व्यवस्थापन समितिका सदस्य मदन तिवारीलाई पंखा हस्तान्तरण गरेका हुन् ।

पर्सा , बारा लगायतका जिल्लामा पछिल्लो एक साता यता गर्मी अत्याधिक बढिरहेको छ । यसक्षेत्रमा तापक्रम बढेर अधिकतम ४०देखि ४४ डिग्रि सेल्सियससम्म पुग्ने गरेको छ । जसका कारण यश क्षेत्रकाे जनजिवन नै प्रभावित भएको छ ।

बुधबार पर्साको पटेर्वासुगौली गाँउपालिका वडा नम्बर ४ भतौडास्थित वनदेवी आधारभूत विद्यालयमै अत्याधिक गर्मीका कारण कक्षा ४ मा पढ्ने छात्रा साहबुन नेशा कक्षाकोठामै बेहोश भएकी थिइन् ।

Related posts

भरतपुर भ्रमण वर्ष : ठोरी नाका खुलाउन पहल

MadhesKhabar

वीरगन्जमा संविधान दिवस मनाउदै काँग्रेस नेताहरुले भने : संविधानकै कारण जनता अधिकार सम्पन्न भएका छन्

MadhesKhabar

एआईजीमा सहकुल थापा सिफारिस !

MadhesKhabar

Leave a Comment