Madhes Khabar
शिक्षा हेडलाइन

समाचारकाे प्रभाव : पर्साकाे एक सरकारी स्कुलमा नेविसंघद्वारा पंखा सहयाेग

वीरगन्ज ,१८जेष्ठ : अत्याधिक गर्मीका कारण विद्यार्थी कक्षाकाेठामै बेहाेश भई बिरामी पर्न थालेकाे समाचार प्रकाशन भएपछि नेविसंघ पर्साले पर्साकाे ग्रामीण भेगकाे एक सामुदायिक विद्यालयलाई पंखा सहयाेग गरेकाे छ ।

मधेसखबर डटकममा बुधबार पर्साका सरकारी विद्यालयमा पंखा नहुदाँ गर्मीले विद्यार्थीहरु कक्षाकाेठामै बेहाेश हुन थालेकाे समाचार प्रकाशन गरेकाे थियाे ।

मधेसखबर डटकमकाे त्यहि समाचार पढेपछि नेविसंघ पर्साका सभापति रमेश यादवले बिहीबार पर्साकाे पटेर्वासुगाैली गाँउपालिका ४ भताैडास्थित वनदेवी आधारभुत विद्यालयमा ४ थान विद्युतीय पंखा सहयाेग गरेका हुन् । बिहीबार विद्यालयमै पुगेर यादवले विद्यालयका प्रधानाध्यापक सुभाष प्रसाद दास र विद्यालय व्यवस्थापन समितिका सदस्य मदन तिवारीलाई पंखा हस्तान्तरण गरेका हुन् ।

पर्सा , बारा लगायतका जिल्लामा पछिल्लो एक साता यता गर्मी अत्याधिक बढिरहेको छ । यसक्षेत्रमा तापक्रम बढेर अधिकतम ४०देखि ४४ डिग्रि सेल्सियससम्म पुग्ने गरेको छ । जसका कारण यश क्षेत्रकाे जनजिवन नै प्रभावित भएको छ ।

बुधबार पर्साको पटेर्वासुगौली गाँउपालिका वडा नम्बर ४ भतौडास्थित वनदेवी आधारभूत विद्यालयमै अत्याधिक गर्मीका कारण कक्षा ४ मा पढ्ने छात्रा साहबुन नेशा कक्षाकोठामै बेहोश भएकी थिइन् ।

Related posts

वीरगन्जमा सानो पाईलाद्वारा ‘बाल श्रमिकको उद्धार अभियान’ सुरु, एकैदिन १७ बालकको उद्धार

MadhesKhabar

किसानले धान बेच्न नल्याएपछि वीरगन्जको खाद्य व्यवस्था कम्पनीले सहकारीसंग खरिद गर्दै

MadhesKhabar

वीरगन्ज नर्सिङ क्याम्पसमा अनेरास्ववियु विजयी

MadhesKhabar

Leave a Comment