Madhes Khabar
राष्ट्रिय

वीरगन्जसहित ६ नाकामा सशस्त्र प्रहरीद्वारा बीआईटी परिचालन

तस्बिर : कान्तिपुर ।

कपिलवस्तु,१०साउन:सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन सक्ने अवैध क्रियाकलाप नियन्त्रण गर्न र सूचना संकलनका लागि सशस्त्र प्रहरीद्वारा सीमाका वीरगन्जसहित ६ नाकामा बोर्डर इन्टरएक्सन टिम (बीआईटी) परिचालन गरिएको छ ।

साउन १० गतेदेखि मुलुकका सीमावर्ती मुख्य नाका पर्साकाे वीरगन्ज,झापाको काकडभिट्टा, मोरङको रानी, रूपन्देहीको डन्डा, बाँकेको जमुनाह र कञ्चनपुरको गड्डाचौकी नाकामा बीआईटी परिचालन गरिएको हो । प्रत्येक ठाउँमा सशस्त्र प्रहरी नायब निरीक्षकको कमान्डमा १४ जनाको टोली परिचालन गरिएको सशस्त्र प्रहरी २८ नम्बर गण, कपिलवस्तुका प्रमुख उपरिक्षक गोपाल अधिकारीले बताए । उक्त टोली त्यही क्षेत्रमा रहेका सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्ममा तैनाथ रही सादा पोसाकमा (सफारी सुट) सीमाका मुख्य नाकामा परिचालन हुनेछन् ।

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले आइतबार रूपन्देहीको डन्डामा रहेको सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्ममा पुगी टोली परिचालनको शुभारम्भ गरेका हुन् । साथै टोलीलाई आवश्यक निर्देशनसमेत दिएका थिए । उक्त टोलीले विशेष गरी सीमा क्षेत्रमा आवतजावत गर्ने महिला, बालबालिका र ज्येष्ठ नागरिकको सहजीकरण गर्ने छ । त्यस्तै मानव बेचबिखन नियन्त्रण तथा उद्धार, प्रतिबन्धित लागूऔषध, वन्यजन्तुका आखेटोपहार ओसारपसारमा निगरानी, नियन्त्रण तथा चेकजाँचमा कडाइका साथ काम गर्नेछ ।

टोलीले सीमा क्षेत्रमा परिचालित सरोकारवाला निकाय र अन्य सुरक्षा निकायसँग समन्वय गरी सीमावर्ती क्षेत्रमा हुन सक्ने आपराधिक क्रियाकलाप रोकथाम र नियन्त्रण लगायतमा सहयोग र समन्वय गरेर काम गर्ने बताइएको छ । मुख्य सीमा नाकाहरूमा परिचालन हुने उक्त टोलीमा प्रत्येक सिफ्टमा एक जना महिला सशस्त्र प्रहरीसहित बिहान ६ बजेदेखि साँझ ८ बजेसम्म सादा पोसाकमा रहने छन् ।साभार:कान्तिपुर

Related posts

आईजीपीमा पुनर्बहालीकाे माग गर्दै दानबहादुर कार्की पुगे सर्वोच्च अदालत

MadhesKhabar

४० के.जी. लागु औषध गाँजासहित २ जना पक्राउ ।

MadhesKhabar

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो

MadhesKhabar

Leave a Comment