Madhes Khabar
राष्ट्रिय

गृह मन्त्रालयद्वारा १३ जिल्लाका सीडीओ हेरफेर

काठमाडौं,४भदौं : सरकारले काठमाडौंसहित १३ जिल्लाको प्रमुख जिल्ला अधिकारी (सीडीओ) हेरफेर गरेको छ। गृह मन्त्रालयले काठमाडौंको सिडिओमा छविलाल रिजाललाई सरुवा गरेको हो। काठमाडौंका सिडिओ ऋषिराम तिवारीलाई भने गृह मन्त्रालयमा तानिएको छ।

त्यस्तै गृह मन्त्रालयले सोलुखुम्बु, रसुवा, मनाङ, बाजुरा, मुगु, म्याग्दी, कालिकोट, रुकुम पश्चिम, ताप्लेजुङ, डोल्पा, हुम्ला र रुकुम पूर्वको सीडीओ हेरफेर गरेको हो। ती जिल्लामा रहेका सीडीओहरू अनोजकुमार घिमिरे, अर्जुन पौडेल, मातृका आचार्य, मेघनाथ पाध्या, कमलप्रसाद पाण्डे, गुरुदत्त ढकाल, नारायणप्रसाद भट्टराई, कुलबहादुर जीसी, नेत्रप्रसाद शर्मा, रोमबहादुर महत, नारायण पाण्डेय र रुद्रप्रसाद न्यौपानेलाई गृहमा तानिएको छ।

त्यस्तै गणेशप्रसाद पौडेललाई बाजुरा, लिलाकुमारी केसी पाण्डे सोलुखुम्बु, राजेश पन्थीलाई रसुवा, नवराज पौडेललाई मनाङ, शिवराज सेढाइलाई ताप्लेजुङ, खडानन्द खत्रीलाई मुगु, सिता परियारलाई रुकुम पूर्व, बद्रीप्रसाद तिवारीलाई म्याग्दी, गोकर्ण राज सुयल कालिकोट, दिनेशप्रसाद थानीलाई रुकुम पश्चिम, भीमराज कोइरालालाई डोल्पा र टेककुमार रेग्मीलाई हुम्लाको सीडीओ बनाइएको छ।

Related posts

जाजरकोट केन्द्रबिन्दु भएर फेरि गयाे भूकम्प

MadhesKhabar

जलवायु परिवर्तनको असर कम गर्न नेपालले युद्धस्तरमा काम गरिरहेको छ : वनमन्त्री यादव

MadhesKhabar

देउवा र खड्काको घरमा ‘जलेका पैसा’ को अनुसन्धान सुरु

MadhesKhabar

Leave a Comment