Madhes Khabar
राष्ट्रिय

सर्वोच्चमा एआईजी विश्वराज पोखरेलको रिट दर्ता, बुधवारलाई पेसी तोकियो

मधेशखबर
बैशाख १९, २०७९ सोमबार

प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले दायर गर्नुभएको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । नेपाल प्रहरीको महानिरीक्षक नियुक्ति गर्ने निर्णय बदरको माग सहित दायर गर्नुभएको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।
आफू भन्दा कनिष्ठ एआईजीलाई सरकारले विधि मिचेर बढुवा गरेको भन्दै प्रहरी अतिरिक्त महानिरीक्षक पोखरेलले सर्वोच्चमा रिट दायर गरेका हुन् । पोखरेलको रिट दर्ता भएर पर्सि बुधवारका लागि पेसी तोकिएको जनाईएको छ । मन्त्रिपरिषद्को आईतबारको बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी धिरज प्रताप सिंहलाई प्रहरी अतिरिक्त महानिरीक्षक आईजीपी बनाउने निर्णय गरेको थियो ।

Related posts

आज कहाँकहाँ हुनेछ भारी वर्षा ?

MadhesKhabar

कामीरिता शेर्पा ३१ औं पटक सगरमाथाको चुचुरोमा

MadhesKhabar

तारा एयरको जहाज दुर्घटनामा मारिएकाहरुको शव अगाडि सशस्त्र प्रहरीको सेलिब्रेसन

MadhesKhabar

Leave a Comment